आज :

कोरोनाबाट मृत्यु हुनेको संख्या २१ हजार नाघ्यो, ४ लाख ६८ हजार संक्रमित

काठमाडौं । विश्वमा महारामारीको रुपमा तीब्र गतिमा फैलिरहेको कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या २१ हजार नाघेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार विश्वभर २१ हजार १ सय ८४ जनाको मृत्यु भएको छ । ४ लाख ६८ हजार ३ सय ५४ जनामा भाइरस संक्रमणको पुष्टि भइसकेको छ ।

त्यसैगरी १ लाख १३ हजार ८ सय १२ जना उपचारपछि घर फर्किएका छन् । कोरोनाबट १९८ देश प्रभावित भएका छन् ।

सबैभन्दा धेरै मानिसको मृत्यु इटालीमा भएको छ । पछिल्लो चौबिस घण्टामा थप ६ सय ८३ जनाको मृत्यु भएको छ । पछि त्यहाँ कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ ।

इटालीमा दैनिक मृत्युदर निकै डरलाग्दो अवस्थामा छ । हाल ७४ हजार ३ सय ८६ जना सङक्रमित रहेको इटालीमा ९ हजार ३ सय ६२ जना उपचारपछि घर फर्किएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal