आज :

पुस ११ गतेदेखि सभामुख निर्वाचनः कसले मार्ला बाजी ?

काठमाडौं । सभामुखको लागि निर्वाचन आगामी पुस ११ गते हुने भएको छ ।

आज (शुक्रबार) बसेको कार्यव्यवस्था परामर्श समितिमा भएको छलफलमा पुस ११ गते दिनको १ बजे अर्को बैठक बस्ने र सोही दिन सभामुख चयन प्रकृया सुरु गर्ने गरी सहमति भएको छ ।

पुस ११ गतेसम्म नेकपाले सभामुखको उम्मेद्वारका लागि सहमति खोज्ने छ । यसअघि प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुबीच संसद अधिवेसन र सभामुख चयन प्रकृयाबारे छलफल भएको थियो ।

छलफलमा दुवै दलका नेताहरुबीच उपसभामुख तुम्बाहाम्फेले संसदको हिउँदे अधिवेशनको पहिलो बैठक सञ्चालन गर्ने अनौपचारिक सहमति पनि भएको जनाएको छ ।
संसद सचिवालयकै एक महिलामाथि यौन दुव्र्यवहार गरेको अभियोगमा सजाय भोगिरहेका कृष्णबहादुर महराले राजीनामा दिएपछि सभामुख पद रिक्त छ । रिक्त सभामुख पद पूर्ति हुन बाँकी रहेकाले आजको बैठकको अध्यक्षता तुम्बाहाम्फेले गरेकी हुन् ।

संविधानको धारा ९१ (४०) को व्यवस्थाअनुसार सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठक सञ्चालन गर्न पाउने प्रावधान छ । सभामुख तथा उपसभामुख दुवैको स्थान रिक्त रहेको अवस्थामा भने ज्येष्ठ सांसदले बैठक सञ्चालन गर्न सक्ने संवैधानिक व्यवस्था छ ।

शुक्रबार सुरु हुने संसदको हिउँदे अधिवेसनको पहिलो दिन आज (शुक्रबार) बस्ने र एक साता स्थगित गरिने जानकारी दिइएको छ । आज पहिलो दिन राष्ट्रपतिले पठाएको संसद आव्हान सम्बन्धि पत्र सुनाइने र मौनधारण शोक प्रस्ताव मात्र पास हुने कार्यतालिका तय भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal