आज :

नेकपा सचिवालय बैठक भोलिका लागि सर्यो

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक भोलिका लागि सरेको छ ।

उपनिर्वाचनको समीक्षा, आगामी स्थायी कमिटी बैठकको कार्यसूची तथा बाँकी रहेका एकीकरणका काम लगायतको कार्यसूचीमा छलफल गर्न बैठक आज बस्ने भनिएको थियो ।

मंसिर १४ गते उपनिर्वाचन भएका ठाउँबाट समीक्षात्मक प्रतिवेदन बुझाउन मंसिर १८ गते बसेको सचिवालयको बैठकले निर्देशन दिएको थियो ।

सबैको प्रतिवेदन समयमै नआएको भन्दै मंसिर २३ गते बसेको सचिवालयको बैठकले पुन : निर्देशन दिएको थियो । त्यसपछि प्राप्त भएका प्रतिवेदनमाथि भोलि बस्ने सचिवालय बैठकमा छलफल हुनेछ ।
सचिवालय बैठकमा मंसिर २९ गते सुरु हुने स्थायी कमिटीको बैठकका एजेन्डाहरूको विषयमा पनि छलफल हुने महासचिव विष्णु पौडेलले जानकारी दिए ।

अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्थायी कमिटी बैठकमा प्रस्तुत गर्ने एजेण्डा र आगामी कार्ययोजना तयार गर्न व्यस्त रहेको छन् । प्रचण्डकै व्यवस्तताका कारण आजको सचिवालय बैठक सारिएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal