आज :

प्रधानमन्त्रीको अवस्था बुझ्न राष्ट्रपति अस्पतालमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था बुझ्न राष्ट्रपति विद्यादेवी भण्डारी अस्पताल पुगेकी छिन् ।

ओली १० दिनदेखि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत छन् ।
यसअघि पनि राष्ट्रपति भण्डारी सेन्टरमै पुगेर प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी थिइन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था अपेक्षाअनुरूप सुधार भइरहेमा बिहीबार साँझ वा शुक्रबारसम्ममा डिस्चार्ज गर्ने सम्भावना रहेको चिकित्सकले बताएका छन् ।

उनको उपचारमा संलग्न चिकित्सक डा.अरुण सायमीले प्रधानमन्त्रीको रगतलगायत विभिन्न परीक्षणको पछिल्लो रिपोर्ट आएपछि रिपोर्ट हेरेर आज साँझ वा भोलिसम्म डिस्चार्ज गरिने जनाए । यही मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal