आज :

एमालेका ‘जग्गादाता’ मीनबहादुर अबैध भेप तस्करीमा, संसदमा कारबाहीको माग

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेलाई जग्गादान गरेर पछिल्लो पटक विवादित बनेका मीनबहादुर गुरुङले चीनबाट अवैध भेप तस्करी गरेकाे भन्दै कारवाहीकाे माग उठेकाे छ । भाटभटेनी सुपरमार्केटको समान बोकेको ट्रक समातिए पछि संसदमा प्रश्न उठेको छ ।

नेकपा माओवादी केन्द्रका सांसद हरी कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सो ट्रक पक्राउ परे पछि संरक्षण नगरी कारबाही गर्न पनि माग गरेका छन् ।

प्रहरी चेकपोस्ट खुर्सानीवारीमा मङ्गलवार राती खटिएको टोली सो ट्रक पक्राउ गरेको थियो । ना.६ ख ५४९६ नंम्वरको ट्रकवाट ९३ डब्बा सामाग्री बरामद भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सुमेह पाण्डेले जानकारी दिए । उनका अनुसार ९३ डब्बामा अबैध ७ सय ४० वटा विद्युतीय सिगरेट फेला परेको हो । बरामद भएको सामाग्रीको अन्दाजी मूल्य २२ लाख २० हजार रहेको छ ।

साेही सबालललाइ लिएर संसदमा प्रश्न उठेकाे हाे ।

एमालेका जग्गा दाता मिनबहादुर गुरूङको समान लिएर आएको ट्रकमा अबैध भेप भेटिएको छ, जग्गा दाता भने पछि कुनै कारबाही नहुने हो कि के हो ? भन्दै सांसद झाले प्रश्न उठाए । ‘भाटभटेनी सुपरस्टोरको समान लिएर आएको ट्रकवाट ७४० थान भेप समातिएको छ, प्रधानमन्त्रीको पार्टी बनाउने दाता भएकाले त्यसलाइ संरक्षण नगरियोस भन्न चाहान्छु’ झाले भने ।

उता, माओवादी सांसद कार्कीले पनि सो बिषय संसदमा उठाएका हुन् । ‘ना ६ ख ५४९६ ट्रक तातोपानी भन्सार नाका, अस्थायी प्रहरी चौकी बार्हबिसेले समातेको छ, यो ट्रक भाटभटेनीको साउको भएको खुलेको छ, यसमा छानबिन गर्न जरूरी छ,’ उनले भने ।

बरामद भएका सामाग्री सहित चालक भोटेकोसी गाउँपालिका- २ का प्रवीण खत्री र ट्रक  नियन्त्रणमा लिइ राजस्व कार्यालय हरिहर भवनमा पठाइएकाे सिन्धुपाल्चाेक प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal