
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा सत्ता गठबन्धनलाई पराजित गर्न सफल भएको बताएका छन् । प्रचण्डले निर्वाचितलाई बधाई तथा शुभकामना दिँदै प्रचण्डले अखिल क्रान्तिकारीको पक्षमा देखिएको लहर निकै उत्साहप्रद रहेको बताए ।
आफ्नो पार्टीको भ्रष्टाचार र बेथितिविरुद्धको अभियानलाई विद्यार्थी तथा युवा युवा वर्गको साथ रहेको पुष्टि भएको समेत बताएका छन् ।
‘भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा हाम्रो पार्टी निकट अखिल (क्रान्तिकारी) को पक्षमा देखिएको लहर निकै उत्साहप्रद छ । कयौं क्याम्पसमा सत्ता गठबन्धनलाई समेत पराजित गर्दै देशभर प्राप्त नतिजाले भ्रष्टाचार र बेथितिका बिरुद्धको हाम्रो अभियानमा आजका सचेत एवं बौद्धिक युवा वर्ग साथमा रहेको थप पुष्टि भएको छ’ प्रचण्डले शुभकामना दिँदै भनेका छन् ।