आज :

हेटौंडामा ट्रकसंग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टियो

  • अनलाइन डबली

हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा ९ पशुपतिनगरमा ट्रकसंग ठोक्किदा ग्याँस लोड भएको बुलेट पल्टिएको छ । बिहीबार बिहान विरगंजबाट ग्याँस बोकेर धादिङको धार्के तर्फ जाँदै गरेको एन एल ०१ ए ए ५००७  नम्बरको भारतिय ग्यास वुलेट विपरीत दिशाबाट आइरहेको ग १ ख ९४८१ नम्बरको ट्रकसंग ठोक्किदा ग्याँस बुलेट सडक किनारमा पल्टिएको हो ।

बुलेटको बेक्र फेल भएर ट्रकसंग ठोक्किएको मकवानपुर प्रहरीले जनाएको छ । तर दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन ।

ग्याँस भरि रहेका कारण थप क्षति हुनु नदिन आयल निगमसँग व्यवस्थापनका लागि समन्वय भईरहेको मकवानपुरका डिएसपी श्यामु अर्यालले बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal