आज :

युक्रेनकाे पावर प्लान्टको नियन्त्रण लिने ट्रम्पकाे याेजना

  • अनलाइन डबली

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीसँग युक्रेन युद्धबारे बुधबार एक घण्टा कुराकानी गरेका छन् । जसको विवरण बाहिर आएको छ ।

अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार ट्रम्पले युक्रेनकाे पावर प्लान्ट नियन्त्रणमा लिने चाहेका छन् । उनले पावर प्लान्ट नियन्त्रणकाे जिम्मा अमेरिकालाइ दिनुपर्ने कुराकानीकाे क्रममा बताएका अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले बताएका छन् ।

यसअघि ट्रम्पले भनेका थिए, ‘हामी सही बाटोमा छौं। हाम्रो अधिकांश कुराकानी हिजो पुटिनसँग भएको कुराको वरिपरि घुमेको थियो, विदेश सचिव मार्को रुबियो र एनएसए माइकल वाल्ट्जले यस कुराकानीको विवरण दिनेछन्।’

यसपछि अमेरिकी विदेशमन्त्री र एनएसएले एक विज्ञप्ति जारी गर्दै ह्वाइट हाउसले युक्रेनको पावर प्लान्टको सुरक्षाका लागि अमेरिकालाई नियन्त्रण दिन सुझाव दिएको बताए ।

उही समयमा, जेलेन्स्कीले एक्समा मा लेखेका छन्, ‘मैले युद्ध समाप्त गर्ने पहिलो कदमको रूपमा ऊर्जा र अन्य पूर्वाधारमा आक्रमण नगर्ने प्रस्तावको समर्थन गरें। त्यसलाई कार्यान्वयन गर्न हामी तयार छौं ।’

आफ्नो टोलीलाई आंशिक युद्धविराम कार्यान्वयन गर्न र अन्य प्राविधिक समस्या समाधान गर्न निर्देशन दिएको उनले जनाए ।  युक्रेन र अमेरिका समन्वय कायम गर्न साउदी अरेबियामा भेट्न तयारसमेत भएका छन् ।

सो अघि जेलेन्स्कीले रुस र युक्रेनबीच १७५ कैदीको आदानप्रदान भएको बताएका थिए । यसबाहेक रुसले गम्भीर घाइते २२ युक्रेनी सैनिकलाई पनि रिहा गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal