आज :

ओम अस्पतालमा पत्थरीको अपरेशन गर्दा बिरामीको मृत्यु

काठमाडौं । चिकित्सकको लापरबाहीले विरामी मरेको भन्दै अहिले ओम अस्पताल तनावग्रस्त छ ।

शनिवार पत्थरीको अपरेशन गर्न अस्पताल पुगेकी धादिङकी २९ वर्षिय अनिता गुरुङको ज्यान गएपछि चिकित्सकले अपरेशनमा लापरवाही गरेको भन्दै आफन्तहरू आक्रोशित भएका हुन् ।

सानो शल्यक्रिया गर्दा पनि बिरामीको मृत्यु भएको भन्दै अहिले मृतकमा आफन्तले अस्पताल परिसरमा तोडफोडसहित नाराबाजी गरिरहेका छन् ।

अस्पताल प्रशासन र मृतकका आफन्तबीच वार्ता भैरहको छ । यसअघि जेठ २३ गते पनि सिन्धुपाल्चोककी ५० वर्षिय राम प्यारी थापाको पित्तथैलीको अपरेशन गर्ने क्रममा चिकित्सकको लापरवाहीले भएर मृत्यु भएको थियो । त्यो घटनामा अस्पतालले पीडित परिवारलाई क्षतिपूर्तिसमेत तिरेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal