News Portal

  • मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक जना घाइते

    ३१५ पटक

    कञ्चनपुर । जिल्लाको दक्षिणी क्षेत्र जोड्ने दैजी बेलडाँडी सडक खण्डमा गत मंगलवार मोटरसाइकल दुर्घटना हुदा हिजो एक जनाको मृत्यु भएको छ ।

    बेलौरी नगरपालिका ४ शान्तिपुरका ४४ वर्षिय मिन बहादुर खडायतको दुर्घटनापछि हिजो कोहपुर अस्पतालमा मृत्यु भएको परिावरले बताएका छन् ।

    मोटसाइकल चालक कृष्ण कुवर गम्भिर घाइते भएको छन् । बेलडाँडी ट्राफिक प्रहरीका अनुसार महेन्द्रनगर देखि बेलडाँडी जाने क्रममा दैजी बेलडाँडी खडक खण्डको विच जंगलको पुल नजिक मोटरसाइकल अनियन्त्रित हुदा दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानले बताएको छ ।

    मृतक खडायत घाइते कुवरले चलाएको मोटरसाइकल नं.से ७ प. १७९० को पछाडी बसेको र एक्कासी ग्रावेलमा गाडिको अगाडीको टायर चिप्लेर दुर्घटना भएको हुन सक्ने बताइएको छ । घाइते कुवरको भारतको बरेलीमा उपचार भइरहेको छ ।

    प्रतिकृया दिनुहोस्