आज :

स्थानीय सरकारले मदिरा उत्पादन गर्ने भाँडा किन्दै

काठमाडौं । पश्चिम सुर्खेतका पञ्चपुरी नगरपालिका र चौकुने गाउँपालिकाले स्थानीयवासीबाट अवैध घरेलु मदिरा उत्पादन गर्न प्रयोग हुने भाँडाकुँडा खरीद गर्न थालेका छन् ।

मदिरा नष्ट वा भाँडाकुँडा जफत गरेर उत्पादन नरोकिएपछि स्थानीयतहले सम्बन्धित घरधनीबाट भाँडाकुँडा खरीद गर्ने योजना ल्याएको हो । अवैध घरेलु मदिरा उत्पादन गर्नेले अब त्यस्ता सामग्री स्थानीय तहलाई बेच्नुपर्नेछ ।

सो बापत स्थानीय तहले नगद वा कृषि कर्मका लागि आवश्यक अनुदान उपलब्ध गराउने छन् । घरेलु मदिरा उत्पादन तथा बिक्री वितरणको साटो व्यावसायिक कृषिसम्बन्धी प्रस्ताव पेश गरेमा ती स्थानीय तहले मल, बीउ, सिँचाइ सुविधा र बजारको ग्यारेन्टी गर्ने निर्णय गरेका छ ।

पञ्चपुरीका नगर प्रमुख उपेन्द्रबहादुर थापाले घरेलु मदिराले समाजमा विकृति र आपराधिक घटना निम्त्याउन थालेपछि नियन्त्रणमा कडाई गरिएको बताए । “यसअघि मदिरा नष्ट गर्दा नियन्त्रण नभएपछि प्रोत्साहनका लागि मदिरा बनाउने भाँडा नै किन्ने निर्णयमा पुगेका हौँ,” उनले भने, “घरघरमै उत्पादन गरिने हुँदा विकृति-विसङ्गतिका घटना मात्र बढ्न थाले, त्यसको अन्त्यका लागि भाँडाकुँडा किन्ने जुक्ति निकाल्यौँ ।”

ती स्थानीय तहले मदिरा उत्पादन गर्नेलाई आत्मनिर्भर बनाउने योजना अघि सारेको छ । चौकुनेका अध्यक्ष धीरबहादुर शाहीले मदिरा उत्पादनमा प्रयोग हुने भाँडाकुँडा स्थानीय तहलाई नबुझाए सरकारी सेवा-सुविधा रोक्ने बताए ।

उनले भने, “स्वत : स्र्फूत भाँडा बुझाए गाउँपालिकाले उनीहरुलाई प्रोत्साहन रकम दिनेछ, यदि अटेर गरे थप जरिवाना तिर्न लगाइनेछ ।”

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal