आज :

नागरिकताको विवरण ढाँटे वा नदिए जेल सजायको भागिदार हुने

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था समितिले नागरिकताको विवरण ढाँटेमा विदेशी नागरिकलाई ७ वर्षसम्मको जेल सजाय दिने सहमति गरेको छ ।

समितिको बिहीबार बसेको बैठकले सजायको विषयमा सहमति जुटाएको हो । नागरिकताका विषयमा प्रस्तावित विधेयकभन्दा धेरै नै माथि उठेर सजाय तोक्ने सहमति भएको छ ।

कुनै विदेशी व्यक्तिले नागरिकताको विवरण ढाँटेमा मात्रै उसलाई ५ देखि ७ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ ।

विदेशीले ढाँटेर नागरिकता लिँदा उसको नागरिकतामा सनाखत गर्ने र सिफारिस गर्ने व्यक्तिका लागि पनि कडा सजाय तोकिएको छ । जसलाई एक वर्षदेखि ३ वर्ष जेल र १ लाखदेखि २ लाख रुपैयाँ जरिबाना तोकिएको छ ।

स्वदेशीले नागरिकताको विवरण ढाँटेमा पनि कारबाहीका लागि कडा कानुन बनाइने भएको छ । यस्तो व्यवस्थामा डेढ वर्ष जेल र १ लाख रुपैयाँ जरिबाना गरिने भएको छ ।

कुनै महिलाले आफ्नो भइरहेको पतिलाई छैन भनी बताएमा वा विदेशीसँग विवाह भए पनि नभएको स्वघोषणा गरेमा ३ वर्षदेखि ५ वर्ष जेल सयाज तोखिएको छ भने ३ लाखदेखि ५ लाख रुपैयाँ जरिबाना तोकिएको छ ।

कुनै व्यक्तिलाई जानीजानी सनाखत गर्न नमान्ने व्यक्तिलाई पनि कडा सजाय दिइने भएको छ । सनाखत गर्न नमानेमा ६ महिनादेखि १ वर्षसम्म जेल सजाय तोकिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal