आज :

कामपाले अक्युपंचर उपचार शुरु गर्नुपर्ने :

  • पदम श्रेष्ठ

पदम श्रेष्ठ –
प्रसिद्ध म्याराथन धावक वैकुण्ठ मानन्धरले काठमाडौँ महानगरपालिकाद्वारा टेकुमा सञ्चालित न्युन शुल्किय अकुपञ्चर केन्द्र पुनः शुरू गर्नुपर्ने बताउनुभएको छ ।
खेलकुदमा सहभागी खेलाडी र नशा रोगका विरामीलाई नभै नहुने अक्युपञ्चर उपचार पूर्णरूपले वन्द हुनुले निम्न वर्गिय खेलाडी र विरामीले रोगलाई जटिल बनाएर अपाङ्गताको मार्गमा जानुपर्ने वाध्यता रहेकोमा धावक मानन्धरले सचेत गराउनुभएको छ ।
चार स्वर्णपदक धारी डोजो खेलाडी दीपक विष्टलगायतका थुपै्र खेलाडी नेता पत्रकार सर्वसाधरणले सेवा लिइसक्नुभएको सो अक्युपञ्चर केन्द्र मेयर केशव स्थापितको कार्यकालमा वल्र्ड अक्युपञ्चर केन्द्र (वासा)का प्रमुख डा. लि छुङ जेको आर्थिक तथा भौतिक प्राविधिक समेतको सहयोगमा सुरू भएको थियोे ।
भारतीय डा. गौरीशङ्करप्रसादको अगुवाईमा मेयर स्थापितले भविष्यमा अक्युपञ्चर अस्पतालको रूपमा प्रवद्र्धन गर्ने भन्दै नक्सालस्थित राप्रपा नेता प्रकाशचन्द्र लोहनीको घरमा १८ वेडको व्यवस्थापनसहित थालिएको अक्युपञ्चर केन्द्र एकाएक वन्द भएपछि महानगरवासी महङ्गो अक्युपञ्चर केन्द्र धाउन वाध्य भएको स्थानीय बताउँछन् ।
काठमाडौँ महानगरपालिकाले वडास्तरमा नै स्वास्थ्यकेन्द्र राखी चिकित्सक सेवा दिने भनिरहेकै बेला एउटै निडिल थेरापीबाट नशाः प्यारालाइलिस, ग्याष्ट्रिक टाउको दुःखेको प्रेसर आदि थुप्रै रोग निको बनाउन सक्ने अक्युपञ्चर उपचार पद्धतिलाई वेवास्ता गरेपछि पीडित नगरबासीहरूले पनि पुनः शिविरकै रूपमा भएपनि सञ्चालन गर्न माग गरेका हुन् । नक्सालदेखि टेकु फोहरमैला केन्द्र नजिक स्थापित काठमाडौँ महानगरपालिकाको अक्युपञ्चर केन्द्रमा अक्युपञ्चरिष्ट सुवाष ढकाल, सुनिता श्रेष्ठलगायतले सेवा पु¥याउनुहुँदा दैनिक दुईसय ५० जनादेखि तीनसयसम्म विरामी उपचारार्थ आउने गरेको तर लकडाउन कोरोनापछि आंशिक रूपमा चलिरहेको भएपनि अहिले त अक्युपञ्चर सेवा नक्सा विभागको पाँच तल्लामाथि स्टोरमा डम्पिङ गरी अलपत्र फ्याकिएको छ । यस सम्वन्धमा हाजिर मात्र गरेर तलब खाइरहनुभएका टेकु अक्युपञ्चर केन्द्रका एक मात्र अक्युपञ्चरिष्ट हर्षमान महर्जन भन्नुहुन्छ , पाँचजना स्टाफ आवश्यक रहेकोमा महानगरपालिकाले अक्युपञ्चरका लागि न कर्मचारी छुट्टाएका छन् न त बजेट र ठाउँ नै दिएको छ ।”
शरीरका २६० प्वाइन्टहरूमा निडिल छिराएर अक्युपञ्चर विधिबाट नसा च्यापिएको, प्यारालाईसिस,मुख बाङ्गिने,टाउको दुख्ने, पिनास, माइग्रेन, अनिद्रा,नसा, हाडजोर्नी,वाथ, ढाड, दुख्नेलगायतका समस्या भएका विरामीको उपचार गरिन्छ ।
करिब २२ वर्षदेखि सेवा लिइरहेको सो केन्द्र बन्द हुँदा विरामीले सुलभ मुल्यमा अकुपञ्चर सेवा लिनबाट बञ्चित हुनुपरेको हो । नुवाकोट तादी गाउँपालिका–५ निवासी सीता तामाङले तीन वर्ष पहिले दुवै घुँडाको जोर्नी दुख्दा सोही केन्द्रमा दैनिक पच्चिस रूपियाँमा अकुपञ्चर सेवापछि हिडडुल गर्न सहज भएकोमा पुनः उपचार गराउन जाँदा पाँच तलामाथि उक्लिनुको सास्तीले उपचार नपाएको गुनासो गर्नुभयो ।
उहाँले नसा,हड्डीको समस्या लिएर आउने विरामीलाई लिफ्ट पनि नभएको पाँच तलामाथि उक्लिनु त दुखाईमाथि सजायँ थपे जस्तो अनुभव भएको बताउनुभयो ।
सो केन्द्रमा व्ह्ीलचियरमा समेत विरामी आएर उपचार लिने गरेकोमा लिफ्ट नभएको भ¥याङबाट पाँचौ तलासम्म उक्लीन नसक्दा र अकुपञ्चर सेवा लिन नपाएको सेवाग्राहीको गुनासो रहेको छ । एलोपेथिक र आयुर्वेदीक उपचार पद्धती भन्दा फरक वैकल्पिक चिकित्सा पद्धती अन्तगरत पर्ने अकुपञ्चर सेवामा सियोले घोचेर उपचार गरिन्छ ।
महानगरपालिकाले सञ्चालन गरेको एक मात्र अकुपञ्चर सेवा केन्द्रमा अकुपञ्चर सेवालाई स्तरीय बनाउन आवश्यक उपकरणहरू स्टीमलेटर(भाइवे्रसन) युवि रेजलगायत सियोलाई सफा स्वच्छ बनाउन स्तरीय विधि पनि उपलब्ध रहेकोमा ति सबै सामग्री हाल उपयोगविहीन अवस्थामा छन् । सो केन्द्रमा कार्यरत अकुपञ्चरिष्ट हर्षमान महर्जनल नक्सा विभाग परिसरको छेउमा बनेको सानो टहरोलाई महानगरपालिकाले रङ्रोगन, बत्तीको व्यवस्थापन गरिदिए अकुपञ्चर सेवा पुनः सञ्चालन हुने जानकारी दिनुभयो ।
उहाँले ठाउँ नभएरै नक्सा विभाग रहेको घरको पाँच तलामाथि अकुपञ्चरका सामग्री राखिएको हो, हाल हिड्न सक्ने, सामान्य विरामीलाई मात्र उपचार सेवा प्रदान गरिहेका छाँै, ठाउँको व्यवस्थापन भएपछि पुनः विरामीले सुलभ मुल्यमा अकुपञ्चर सेवा पाउने बताउनुभयो ।
तर अक्युपञ्चरका साथै तितेपातीबाट बन्ने औषधि मोक्जाबाट मोक्जिविसन पनि गराउँदै आउनुभएका इश्वर बलामीले महानगरपालिकाले जिम्मेवारी दिए आफु निरन्तर अक्युपञ्चरको शिविर सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले हाल महानगरको नक्सा विभाग रहेको घर नै महानगरले भाडामा उपयोग गरिरहेकोले त्यहाँ अकुपञ्चरका लागि कोठा उपलब्ध गराउन सकिएको छैन, भन्नुभयो ।
उहाँले महानगरको कार्यालयहरू काठमाडौँ मलमा सरेपछि अकुपञ्चर सेवाका लागि पनि स्थान उपलब्ध हुने बताउनुभयो ।
जस्तापाताको टहरोमा २० वेडमार्फत सेवा दिइरहेको सो केन्द्रमा तत्कालिन समयमा दैनिक २५ जनाले विहान ८ बजेदेखि १२ बजेसम्म उपचार सेवा लिन्थे ।
अकुपञ्चर विधीबाट प्यारालाईसिस,मुख बाङ्गिने,टाउको दुख्ने, पिनास, माइग्रेन, अनिद्रा,नसा, हाडजोर्नी,वाथ, ढाड, साइटिका दुख्ने, नपुंसकता, शिघ्र स्खलन, आँखा सम्वन्धी समस्याको उपचार गर्न गरिन्छ भने कान कराउने, अपच, कब्जियत ग्याष्ट्रिकको पनि उपचार हुँदै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal