आज :

हुम्ली युवाहरुको सुझावः नीति र विधिलाई आत्मसाथ गर्नुस, चाकडी–चाप्लुसी माओवादीलाई सुहाउँदैन

  • अनलाइन डबली

काठमाडौं । नेकपा(माओवादी केन्द्र) निकट हुम्लाका युवाहरुले नेताहरुलाई नीति,विधी र पद्धतिलाई आत्मसाथ गर्न सुझाएका छन् । पार्टी मुख्यालय पेरिस डाँडामा हुम्ला– काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको भेटघाट कार्यक्रममा जनयुद्धको रापतापबाट आएको पार्टीमा चाकडी–चप्लुसी नसुहाउनेसमेत बताएका हुन् ।

हुम्ला जिल्लाका अगुवा नेता तथा कार्यकर्ताहरुबीच चलेको अन्तरक्रिया कार्यक्रममा अघिल्लो रोमा बसेका जिल्लाका उच्च नेताहरुतिर इंगित गर्दै बोल्ने सबै युवाहरुले पछिल्लो समय जिल्लाका केही नेताहरु अत्याधिक अवसरवादी भएको आरोप लगाएका छन् । एकजना युवाले भने,“हुम्लाका नेताज्यू केन्द्रका नेताहरुलाई चाकडीमा लिप्त हुनुभएको छ, यस्तो प्रवृत्तिले पार्टी विग्रदै गएको छ ।”

बोल्ने अधिकाशं युवाहरुले गाउँमा कुनै पनि नेताको गुट–उपगुट सह्य नहुने बताउँदै एकजनाले त सिधै भने,“प्रचण्ड, जनार्दन या अरु कुनै पनि नेताको गुटको झल्को हुम्लामा पुग्यो भने त्यस्ताहरुलाई नेता मानिन्न, पार्टीलाई सामुहीक नेतृत्वमा लैजान दबाब दिनुपर्छ, कुनै व्यक्ति विशेषलाई धुरी बनाएर गुटगत स्वार्थ हावि हुम्ली जनतालाई स्वीकार्य छैन ।”

युवाहरुको रचनात्मक आलोचनाहरुलाई आत्मसाथ गरिने र आफूहरुमाझ भएका गलत प्रवृत्तिको खुलेर आलोचना गर्नु राम्रो भएको बताएका छन् । युवाहरुको खबरदारीले आफूहरुलाई हौशला मिल्ने र सच्चिने आधार बन्ने पनि जवाफ दिएका हुन् ।

सो कार्यक्रममा प्रतिनिधी सभा सदस्य छिरिङ डम्डुल लामा‘कार्चेन’, पार्टी केन्द्रीय सदस्यहरु छिमी लामा‘आशाकर’, विजय भण्डारी, सुस्मिता शाही, जिल्ला संयोजक डा.दिपेन्द्र रोकाया, कर्णाली प्रदेश सहसचिव तथा तँजाकोटा गाउँपालिका अध्यक्ष लालकेश जैसी, नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, अदानचुली गाउँपालिका पार्टी इन्चार्ज मानबहादुर थापा, युवा नेता ध्रुब शाहीलगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal