 
	
काठमाडौं । सर्केगाड गाउँपालिकाको १ (जैर) वडास्थित माजगाउँको सिर्जनशील प्रावि डिल गाउँको विहानी प्रविसँग तत्कालका लागि यथास्थितिमा राख्ने पालिका र संघर्ष समतिबीच सहमति भएको संघर्ष समिति प्रमुख गड्क बुढाले बताएका छन् । बिहिबार सर्केगाड पुगेका माझ गाउँका स्थानीयहरु र सर्केगाड गाउँपालिका अध्यक्ष ठानबहादुर रोकाया र उपाध्यक्ष देबकी तिमल्सिनाबीच छलफलपछि सो सहमति भएको जनाईको छ ।
स्थानीयको विरोध भएपछि आफूहरुले सिर्जनशील प्राविलाई गाब्ने निर्णयलाई कार्यान्वयन नगर्ने सहमति भएको अध्यक्ष ठानबहादुर रोकायाले बताएका छन् । बर्ता सम्पन्न भएपछि स्थानीय प्रयागलाल बुढाले आफूहरुको माग अनुसार अध्यक्ष–उपाध्यक्षले सम्बोधन गरेको जनाकारी दिए । अर्का स्थानीय लालबहादुर बुढाले आफूहरुको भावनालाई सम्बोधन गरेकोप्रति खुसि व्यक्त गर्दै भने,“पालिका अध्यक्ष–उपाध्यक्ष जनभावना अनुसार सकारात्मक हुनुभयो, हामी खुसी भएका छौं ।” अर्का स्थानीय दीर्ग रावतले स्थानीयको राय नलिई भित्रभित्रै माझ गाउँको विद्यालय अन्त गाब्ने विषय गलत भएको र त्यसलाई पालिका अभिभावकहरुले यथास्थितिमा रहनदिने सहमतिले आफूहरु खुसि भएको बताए ।
स्थानीय छक्क बुढाले सरकारले विद्यालय गाब्ने निर्णय गरेपनि भौगोलिक अवस्था, दुरीका हिसाबले सबैलाई पाइक पर्ने, विद्यार्थीको चापलगायतका विषयहरुलाई मध्यनजर गरी स्थानीयको राय लिएर मात्रै गाब्ने कुरा वैज्ञानिक हुने र सोही अनुसार पालिकाले आस्वासन दिएको पनि बताए ।
सो वार्तामा पालिका अध्यक्ष–उपाध्यक्षसँग वार्ता गर्न संघर्षसमिति प्रमुख गड्क बुढा, स्थानीयहरु प्रयागलाल बुढा, विष्णु बुढा, जोरा बुढा, लालबहादुर बुढा, छक्क बुढा, बखत बुढा, दिर्ग रावत र धनबहादुर कार्की बसेका थिए ।
मंगलबार माझगाउँवासी र विव्यसको रायबिना नै विहानी प्राविमा गाब्ने गाउँपालिकाको निर्णय विरुद्ध जनता आन्दोलित भएका थिए । सो निर्णयविरुद्ध माजगाउँवासीले जैर वडाकार्यालयमा तालाबन्दीसमेत गरेका थिए ।
 
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                           
                                          

 अनलाइन डबली
अनलाइन डबली


