
हुम्ला । सर्केगाड गाउँपालिकाको १ (जैर) वडास्थित माजगाउँको सिर्जनशील प्राविलाई गाउँबासी र विवेसको रायविना नै विहानी प्राविमा गाब्ने गाउँपालिकाको निर्णय विरुद्ध जनता आन्दोलित भएका छन् । पालिकाको सो निर्णयको विरुद्धमा मंगलबार माजगाउँवासीले वडाकार्यालयमा तालाबन्दीसमेत गरेका छन् ।
जैरको सिर्जनशील प्रावि गाब्ने निर्णयविरुद्ध माजगाउँबासी आन्दोलनमा उत्रेका छन् । माझ गाउँबासीलाई पालीका र वडा कार्यालयलेसमेत राय नलिई डिलगाउँ र भिटागाउँलाई समेत पाईक पर्ने ठाउँको विद्यालयलाई विहानी प्राविमा गाब्ने निर्णय विरुद्ध आफूहरुले तालाबन्दी समेत गरेको स्थानीय प्रयागलाल बुढाले बताएका छन् ।
त्यसैगरी सो विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष रुपलाल रावतले आफूलाईसमेत जानकारी नदिई गाब्ने निर्णय गलत भएको बताउँदै सामाजिक सञ्जालमा स्टाटस मार्फत असन्तुष्टीसमेत पोखेका छन् ।
विव्यस अध्यक्ष रावतले लेखेको स्टाटस यस्तो छ ।
“श्री सर्केगाड गाउँपालिकाका अध्यक्ष,उपाध्यक्ष लगायत
वडा न १ का वडा अध्यक्ष ज्युहरु
विषयः बिधालय मर्ज बारे
यस सिर्जनशील विद्यालय मर्ज राज्यको नीति अनुसार गर्नुपर्ने हो, तर ‘आफ्नो हात जगन्नाथ’ गरियो किनभने विद्यालयको प्रअ र वडा अध्यक्षको गोप्य मिलोमतोमा यस विद्यालय विहानीमा मर्ज गरेकोले कुनै विव्यससँग, जनसमुदायसँग राय सल्लाह सुझाव सङ्कलन नगरी आफ्नै मनपरी ढङ्गले गरेकोले यो समुदायको लागि असहज परिस्थिती बनेको छ । तर पालिका तथा शिक्षा शाखाले गणतन्त्र र सिर्जनशील मर्ज गर्ने भनेको राता रात कसरी चेन्ज भो ? यो कुनै हालतमा विहानीमा मर्ज हुन सक्दैन । बरु २०६८ सालमा यो विद्यालय सरस्वती माविबाट नेपाल सरकार शिक्षा मन्त्रालयबाट छुट्टाछुट्टै गरिएको थियोे । पुनः १ देखि १२ सम्म पुनर्मिलन गर्नसम्पुर्ण सरोकारवालाहरु सङ्ग ध्यानाकर्षण गर्न चाहन्छु । यो अवस्था अनुसारको व्यवस्था नि सराहनिय छ ।”