
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशलाई संवैधानिक दायराभित्र रहेर निकास दिने प्रयास भइरहेको बताएका छन् । उनले सबै पक्षलाई संयमता अपनाउन आग्रह समेत गरेका छन् ।
राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण गर्न र शान्ति कायम राख्नका लागि आफूले निरन्तर विचार विमर्श र हरसम्भव पहल गरिरहेको समेत बताए । छिटोभन्दा छिटो समस्याको समाधान खोजिने कुरामा विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
आजै सेनाले राष्ट्रपतिलाई नजरबन्दमा राखेको भन्दै युवाहरु सडकमा निस्किएका थिए । नागरिक समाजले पनि सेनाले नै अगाडि आएको भन्दै संविधानको रक्षा गर्नुपर्ने बताएको थियो ।
काठमाडौँको बबरमहलमा ‘हाम्रो राष्ट्रपति सार्वजनिक गर, जंगी शासन मान्दैनौं…लगायतका नारा लगाउँदै युवाहरु सडकमा निस्किएका थिए ।
यस्ताे छ राष्ट्रपतिकाे वक्तव्यः