आज :

स्वास्थ्य मन्त्रालयका कारण एम्बुलेन्स सेवा बन्द, बिरामी समस्यामाः प्रभाकर

  • अनलाइन डबली

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्मा प्रभाकरले स्वास्थ्य मन्त्रालयले जारी गरेको एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधिका कारण एम्बुलेन्स सेवा अचानक अवरुद्ध हुँदा विरामीहरुले सेवा पाउने अवस्था नरहेको बताएका छन् ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नियमित रुपमा सञ्चालित एम्बुलेन्स सेवा अचानक अवरुद्ध हुँदा असहज वातावरण बनेको बताएका हुन् ।

उनले भने, ‘स्वास्थ्य मन्त्रालयले एकीकृत एम्बुलेन्स सञ्चालन कार्यविधि जारी गरेको छ । सो कार्यविधिले गर्दा परोपकारी संस्थाहरु, स्थानिय सरकार र अन्य संस्थाहरुले एम्बुलेन्स सेवा सञ्चालन गर्न रोक लगाएको छ । लामो समयदेखि नियमित रुपमा सञ्चालित एम्बुलेन्स सेवा अचानक अवरुद्ध हुँदा विरामीहरुले सेवा पाउने अवस्था छैन । दुरदराजमा सेवा दिएका एम्बुलेन्सहरु चल्न पाएका छैनन् ।’

उनले कार्यविधिले सञ्चालन योग्य एम्बुलेन्सहरुलाई रोक लगाउँदा अनावश्यक आयातलाई प्रोत्साहन गर्ने समेत बताए ।
‘३ हजारभन्दा बढी एम्बुलेन्स थन्किएका छन् । त्यसका चालकहरु बेरोजगार भएका छन् । कार्यविधिले सञ्चालन योग्य एम्बुलेन्सहरुलाई पनि सञ्चालन गर्न नदिएकोले अनावश्यक आयातलाई प्रोत्साहन गर्ने देखिएको छ,’ उनले भने ।

नेता शर्माले जताततै आन्दोलन भइरहँदा एम्बुलेन्स सञ्चालकहरु पनि आन्दोलनमा आउन सक्ने बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal