आज :

जेनजी अगुवाले भने- प्रधानसेनापतिले नक्कलीसँग वार्ता गरिरहनु भएको छ, सहमति मान्य हुँदैन

  • अनलाइन डबली

काठमाडौँ । जेनजी आन्दोलनको अगुवाहरुले नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले नक्कली जेनजीसँग वार्ता गरिरहेको बताएका छन् । उनिहरुसँग गरेको सहमति आफूहरुलाई मान्य नहुने समेत बताएका छन् ।

विहीबार जारी गरिएको संयुक्त विज्ञप्तिमा आफूहरु घाइते साथीहरुको उपचारमा खटिएका बेला सेनापतिसँग सत्ता लिप्साको लागि जेनजीको नाममा असम्बन्धीत व्यक्तिहरुले वार्ता गरिरहेको बताए ।

‘जेन–जी आन्दोलनका अगुवा हामी घाइते साथीहरुको उपचाररत रहेको बेला नेपाली सेनाका प्रधानसेनापतिले नक्कली जेनजीसँग हिजोदेखि वार्ता गरिरहेको जानकारी पाएका छौं । केही विवादित व्यक्तिलाई अन्तरिम सरकारको नेतृत्वको लागि प्रस्ताव, हाम्रो अभियानसँग असम्बन्धित व्यक्तिसँग सेनापतिले वार्ता गरिरहेको कुराप्रति हाम्रो पूर्णरुपमा असहमति र आपत्ति छ’ विज्ञप्तिमा भनिएको छ ।

आन्दोलनसँग सरोकार नराख्ने गैरजिम्मेवार व्यक्तिहरुसँग गरेको वार्ता र सहमति आफूहरुलाई अमान्य हुने प्रधानसेनापतिलाई अवगत समेत गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ, ‘जेनजी आन्दोलनसँग सरोकार नराख्ने गैरजिम्मेवार व्यक्तिहरुसँगको वार्ता, छलफल र सहमति पूर्णरुपमा अमान्य र अस्वीकार्य हुने नेपाली सेनाका प्रधानसेनापतिज्यूलाई समेत अवगत गराउन चाहन्छौं । जेनजीको नाममा सिंहदरबार, सर्वोच्च अदालतसहित देशभरका ऐतिहासिक तथा पुरातत्वीक भौतिक संरचना जलाउने र निजी सम्पत्तिमा आगजनीका साथै लुटपाट गर्नेहरु नै अहिले आफूलाई सक्कली जेनजी भन्दै गरेको बुझिन आएको छ । जुन पूर्णरुपमा झुट र असत्य हो । आत्मकेन्द्रीत अमुक व्यक्तिहरुसँग नभएर आन्दोलनको अगुवा जेनजीहरुसँग बार्ता र संवाद गर्न सेनापतिसँग आग्रह समेत गर्दछौं ।’

उनिहरुले भोलि संवाद डबलीमा पत्रकार सम्मेलन गरेर आफ्नो धारणा सार्वजनिक गर्ने समेत जानकारी दिएका छन् ।

यस्तो छ विज्ञप्तिः

जेन–जी आन्दोलन अगुवाको तर्फबाट, संयुक्त प्रेस विज्ञप्ति

पत्रकार साथीहरु,

जेन–जी आन्दोलनका अगुवा हामी घाइते साथीहरुको उपचाररत रहेको बेला नेपाली सेनाका प्रधानसेनापतिले नक्कली जेनजीसँग हिजोदेखि वार्ता गरिरहेको जानकारी पाएका छौं । केही विवादित व्यक्तिलाई अन्तरिम सरकारको नेतृत्वको लागि प्रस्ताव, हाम्रो अभियानसँग असम्बन्धित व्यक्तिसँग सेनापतिले वार्ता गरिरहेको कुराप्रति हाम्रो पूर्णरुपमा असहमति र आपत्ति छ ।

सेनापतिसँग वार्ता गरिरहेका व्यक्तिहरु जेन–जी आन्दोलनको अगुवा नभएको र ती व्यक्तिहरु सत्ता लिप्तताको लागि कुटिल चाल चलिरहेका छन् । घाइतेहरुसँग सरोकार नराख्ने तर नेतृत्वको लागि लुछाचुडी गर्ने, ती व्यक्तिहरु बाह्य तथा आन्तरिक शक्तिकेन्द्रद्वारा निर्देशित तथा परिचालित भएको हुनसक्ने जेनजीको आशंका छ ।

अतः जेनजी आन्दोलनसँग सरोकार नराख्ने गैरजिम्मेवार व्यक्तिहरुसँगको वार्ता, छलफल र सहमति पूर्णरुपमा अमान्य र अस्वीकार्य हुने नेपाली सेनाका प्रधानसेनापतिज्यूलाई समेत अवगत गराउन चाहन्छौं । जेनजीको नाममा सिंहदरबार, सर्वोच्च अदालतसहित देशभरका ऐतिहासिक तथा पुरातत्वीक भौतिक संरचना जलाउने र निजी सम्पत्तिमा आगजनीका साथै लुटपाट गर्नेहरु नै अहिले आफूलाई सक्कली जेनजी भन्दै गरेको बुझिन आएको छ । जुन पूर्णरुपमा झुट र असत्य हो । आत्मकेन्द्रीत अमुक व्यक्तिहरुसँग नभएर आन्दोलनको अगुवा जेनजीहरुसँग बार्ता र संवाद गर्न सेनापतिसँग आग्रह समेत गर्दछौं ।

भोलि पत्रकार सम्मेलन आयोजना गरेर औपचारिक धारणा सार्वजनिक गर्ने छौं ।

मितिः २०८२ भदौ २६

जेनजी आन्दोलनका अगुवा

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal