आज :

बझाङमा दोस्रो पटक ६.३ रेक्टर स्केलको शक्तिशाली भूकम्प, ठूलो क्षति

  • अनलाइन डबली

काठमाडौँ । बझाङमा दोस्रो पटक शक्तिशाली भूकम्प गएको छ । पहिले भन्दा दोस्रो पटक ६.३ रेक्टर स्केलको भूकम्प गएको हो । मंगलबार दिउँसो ३ बजेर ६ मिनेट जाँदा बझाङको चैनपुर केन्द्रबिन्दु भएर दोस्रो पटक भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार त्यसअघि दिउँसो २ बजेर ४० मिनेटमा पनि बझाङकै तालकोट आसपास केन्द्रबिन्दु भएर ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो । हालसम्म भूकम्पबाट भएको क्षतिको कुनै विवरण प्राप्त भइसकेको छैन ।

सामाजिक संजालमा स्थानीयले पोष्ट गरेका फोटोहरु हेर्दा ठूलो क्षति भएको हुन सक्ने देखिएको छ । भूकम्पले सुदूरपश्चिमसँगै कणाली प्रदेशसम्म पनि ठूलो धक्काको महशुस गरिएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal