
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले जाजरकोट भूकम्पमा परी गम्भीर घाइतेहरुलाई उद्दार गरी अस्पताल ल्याएका छन् । शनिबार विहानै भूकम्प प्रभावित जाजरकोट पुगेका प्रधानमन्त्रीले गम्भीर घाइतेमध्ये सात जनालाई सँगै सुर्खेत अस्पताल ल्याएका हुन् ।
प्रधानमन्त्रीले आफू सवार हेलिकाेप्टरमा सात घाइते र सात कुरुवालाई सँगै सुर्खेत ल्याएका छन् ।
गएराति जाजरकोटको रामीडाँडा केन्द्र बनाएर गएको भूकम्पमा परी अहिलेसम्म १२९ जनाको मृत्यु भइसकेको छ भने सयाैंको संख्यामा घाइते छन् ।
सरकारले राहत तथा उद्दार कार्यलाई रातिदेखि नै सुरु गरेको थियो ।
प्रधानमन्त्री प्रचण्डले जिल्ला अस्पताल जाजरकोट पुगेर स्वास्थ्य अवस्था बुझेका थिए । भूकम्प प्रभावित क्षेत्र जाजरकोटको बिहानैबाट स्थलगत निरिक्षण गरेका थिए ।
प्रधानमन्त्री प्रचण्ड भूकम्पले केन्द्रबिन्दु बनाएको जाजरकोटको स्थलगत अवलोकनपछि रुकुम पश्चिमतर्फ लागेका छन् ।
प्रधानमन्त्री प्रचण्ड मेडिकल टिमसहित शनिवार बिहानै भूकम्प प्रभावित क्षेत्रमा पुगेका छन् । आफू प्रभावित क्षेत्रमा पुग्दा प्रधानमन्त्री प्रचण्डले आफ्नो स्वागत नगर्न समेत भनेका छन् ।
गए राति गएको ६.४ म्याग्निच्युड कम्पनको भूकम्पबाट अहिले सम्म १३२ को मृत्यु र १४० घाइते भएको रिपोर्ट सार्वजनिक भएको छ ।