आज :

नेपाल मण्डल क्षेत्रमा विद्यापति भजन संस्कृतिबारे अध्ययन–अनुसन्धान हुनुपर्नेमा जोड

  • अनलाइन डबली

सुनाकोठी, ललितपुर । मैथली भाषाका महाकवि विद्यापति र नेपालमा भजन संस्कृति (नेपालभाषा र मिथिला भजन सांस्कृतिक सम्बन्ध) विषयक सम्मेलन ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिर प्राङ्गणमा सम्पन्न भएको छ। श्रीहरि भजन (मृदङ्ग) सुनागुथिको आयोजनामा सम्पन्न सम्मेलनमा महाकवि विद्यापति र नेपाल विषयक अनु्सन्धानात्मक पुस्तकका लेखिका डा. मञ्चला झा र प्राज्ञ धिरेन्द्र प्रेमर्षीले महाकवि विद्यापतिको व्यक्तित्व र कृतित्वबारे अनुसन्धानात्मक विचार प्रस्तुत गर्नुभयो। आयोजक समितिका सचिव सुरेन्द्र महर्जनले नेपाल मण्डल क्षेत्रमा प्राचिनकालदेखि हुँदै आएको महाकवि विद्यापतिका भजन गायन परम्पराबारे विचार प्रस्तुत गर्नुभयो भने वरिष्ठ पत्रकार प्रकाश प्रसाद उपाध्याय र कुमार रञ्जितले टिप्पणी गर्नुभयो। श्रीहरि भजन (मृदङ्ग) सुनाकोठीका अध्यक्ष गोपाल बहादु्र महर्जनको अध्यक्षतामा सम्पन्न सम्मेलनमा नेपालभाषाका लोककवि राजभाई जकःमिले महाकवि विद्यापतिबारे गीत वाचन गर्नुभयो भने बाजा गुरु तथा लेखक राजेन्द्र महर्जनले पनि मन्तव्य व्यक्त गर्नुभयो । सम्मेलनमा सबै वक्ताहरुले नेपाल मण्डल क्षेत्रमा विद्यापति भजन संस्कृतिबारे अध्ययन–अनुसन्धान हुनुपर्नेमा जोड दिनुभयो। सम्मेलनमा काठमाडौँ उपत्यकाका विभिन्न भेगबाट आएका विद्यापति भजन सम्बन्धित समूहहरुका साथै सिन्धुपाल्चोक जिल्लाको चौतारादेखिका भजनसम्बद्ध व्यक्तित्वहरुको सहभागिता रहेको थियो । नेवाः समाज तथा मिथिला समाजमा शताब्दियौंदेखि गाउँदै आएको १४ औं शताब्दीका मैथली कोकिल महाकवि विद्यापति ठाकुरद्वारा रचित विद्यापति भजनका विषयमा काठमाडौं उपत्यका तथा काठमाडौं बाहिरका विद्यापति भजन गाउँदै आएका भजन समूहरु तथा विशेषज्ञहरुबीच बागमती प्रदेश सभासदहहरू रघुनाथ महर्जन, प्रेमभक्त महर्जन र उर्मिला लामाका साथै ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन रगोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जन साथै स्थानीय जनप्रतिनिधिहरू, विभिन्न भजन तथा दाफा खलःहरू साथै ठूलाे जनसमुदायकाे सहभागिता रहेकाे थियाे। सम्मेलनमा संस्कृति राज्यमन्त्री सुशिला सिर्पाली ठकुरीले शुभकामना मन्तव्य पठाउनुभएकाे थियाे।

फोटोहरु –

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal