
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण डरलाग्दा हुँदै गएको छ । मंगलबार एकै दिन ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले दिएको जानकारअनुसार पर्सामा मात्र ३९, कपिलवस्तुका ८, रुपन्देहीका ९ र बाराका १ जना गरी ५७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले थपिएका संक्रमित सबै पुरुष रहेको जानकारी दिए ।