आज :

एनआरएनए आरके समूहको टोली सहयोग सामाग्री बोकेर भूकम्पको केन्द्रबिन्दु भएको जाजरकोट लाग्यो

  • अनलाइन डबली

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) राजेन्द्रकुमार शर्मा (आरके) समूहको एक टोली भूकम्प प्रभावित क्षेत्रमा उद्दार तथा राहतमा सहयोग पुराउन त्यसतर्फ प्रस्थान गरेको छ । राहत सामग्रीसहितको टोली आइतबार भूकम्प प्रभावित जिल्ला जाजरकोट प्रस्थान गरेको हो ।

महासचिव बुद्धिसागर सुवेदीका अनुसार सो समूहका अध्यक्ष आरकेले नै नेतृत्व गरेको एनआरएनए टोली भूकम्प पीडितहरुका लागि त्रिपाल, कम्बल, औषधिलगायतका आवश्यक सामग्री सहित जाजरकोट प्रस्थान गरेको छ ।

यसअघि शनिबार जूममार्फत एनआरएनका पदाधिकारी तथा विभिन्न अभियन्ताहरुले विपद् सहायता कोषका लागि सहयोग रकम घोषणा गरेका थिए । जसमा अध्यक्ष शर्माले रु २१ लाख, महासचिव सुवेदीले रु १९ लाख, कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगानाले रु १७ लाख, निवर्तमान अध्यक्ष कुल आचार्यले ५ लाख ५५ हजार ५ सय ५५ सहयोग गर्ने घोषणा गरेका थिए । अहिलेसम्म झन्डै एक करोड संकलन भइसकेको कोषाध्यक्ष ढुंगानाले जानकारी दिए।

भूकम्प प्रभावित क्षेत्रको राहत वितरण तथा उद्धार कार्यमा सरकारलाई सघाउने उद्देश्यले भूकम्प प्रभावित क्षेत्रमा विज्ञसहितको टोली लिएर आफुहरु प्रस्थान गरेको अध्यक्ष शर्माले जानकारी दिए । सरकारले एकद्वार प्रणालीमार्फ राहत वितरण लगाएतका कामहरु गर्ने बताएकाले सरकारी निकायसंग समन्वय गरेर नै आफूहरुले काम गर्ने पनि अध्यक्ष शर्माले बताए।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal