काठमाडौं । रेक्स इन्टरटेनमेन्टद्वारा आयोजित पहिलो ‘मिस होस्टेल २०२५’की विजेता बन्दना खरेलसँग बिहिबार काठमाडौंमा पत्रकार भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमको सभापति जय नेपाल पार्टीका केन्द्रिय सदस्य पशुपति कठायत थिए भने जीवित देवी कुमारी शोभा शाक्य प्रमुख अतिथि र अतिथिहरुमा रेक्स इन्टरटेनमेन्टका सल्लाहकार विकास कपालि, जय नेपाल पार्टीमा नेताहरु निराजन बम, काठमाडौँ जिल्ला अध्यक्ष सुरज पाण्डे, उपामा श्रेष्ठ, किरण ढुंगेल र विभिन्न मिडिया कर्मी हरुको उपस्थिति रहेको थियो ।
मिस होस्टेलको महत्वको बारेमा बोल्दै आयोजक विकास कपालीले होस्टेल नै घरको रुपमा रहने र यस मिस होस्टेल ब्युटी प्याजेन्टले होस्टेलमा बस्ने युवतीहरुमा फरक उत्साह थपेको बताए ।
३२ जनाको प्रतिस्पर्धाबाट बिजेता बनेकी पहिलो मिस होस्टेल प्याजेन्ट बन्दना खरेलले यस ब्युटी प्याजेन्ट कार्यक्रममा भाग लिदा सहयोगीका साथै असयोग गर्ने पक्ष रहेपनि आफ्नो हौशला नटुटेको बताईन् । “बाबा–आमाबाट टाढा बसेर पनि होस्टेलमा बसेका युवतीहरुको पहिलो ब्युटी प्याजेन्टमा सहभागी हुनु र विजेता बन्नु मोरो अहोभाग्यको क्षण थियो” खरेलले भनिन् ।

आफूले लगाएको ताजलाई श्रीपेच जस्तैः ठानेको तर नारायणहिटी संग्राहलयमा एउटा श्रीपेचले राष्ट्रको एकताको प्रतिकको रुपमा रहेको खरेलको कथन थियो । उनले वर्तमान समयमा आम नेपाली जनताले पुनः राजा र राजसंस्थालाई देश बचाउन पुकार गरिरहेको जिकिर गरिन् । आफू एक सामान्य विद्धार्थीबाट एकजना विशेष परिचित व्यक्तिको रुपमा अगाडी ल्याउन ब्युटी प्याजेन्ट विशेष रहेको उनले बताइन ।
उनले आफ्नो सफल अभिनेत्री बन्ने लक्ष्य रहेको बताइन ।मिस होस्टेल ब्युटी प्याजेन्ट दोस्रो सिजन दशैँ तिहार पछि आयोजना हुने आयोजकले जनाएको छ ।


अनलाइन डबली



