आज :

कुर्स्कमा नेटाे सेना प्रवेश गरेको अमेरिकी सेनाका कर्णेलद्वारा खुलासा, रूसले लखेट्न सुरू गर्याे

  • अनलाइन डबली

काठमाडौँ । रुसको कुर्स्क क्षेत्रमा युक्रेन सेना नभएर नेटो सेना प्रवेश गरेको खुलासा भएको छ । अमेरिकी सेनाका पूर्व कर्नल कैरेन क्वात्कोवस्कीले यो खुलासा गरेकी हुन् । उनले लामो योजनापछि कुस्र्स क्षेत्रमा नेटा सेनाको अगुवाईमा युक्रेन सेना प्रवेश गर्न सफल भएको बताइन् ।

कैरेनले कुर्स्कमा नेटाको हतियार पनि प्रयोग भएको बताएकी छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार अमेरिकासहितका देशहरुले दिएका नयाँ हतियार चलाउन युक्रेन सेनाले नजाकैले नेटो सेना कुस्र्स मोर्चामा अगाडि बढेको बताएका छन् ।

नेटो सेना यसरी रुसी भूभागमा प्रवेश गरेको घटना पहिलो हो । विगत ८० बर्षयता विदेशी सेना पहिलो पटक रुसी भूमिमा प्रवेश गरेका छन् । उत्तरी सीममा रुसले सीमा रक्षाको लागि मात्रै सुरक्षाकर्मी खटाएकोले पनि युक्रेनबाट नेटा सेना सजिलै प्रवेश गर्न सफल भएको हो ।

रुसले सो क्षेत्रमा संकटकाल घोषणा गर्दै त्यहाँबाट नागरिकलाई अर्को क्षेत्रमा सारिसकेको छ । आफ्ना नागरिकको क्षति हुने भएकाले रुसले ठूलो हमला गर्न नसकेको बताइएको छ । सो क्षेत्रबाट सम्पूर्ण नागरिकलाई बाहिर निकाले लगत्तै रुसी सेनाले ठूलो हमला गरेको छ ।

रुसी रक्षा मन्त्रालयका अनुसार हमलामा परी युक्रेनी भूमिबाट प्रवेश गरेका नेटोसहितका ३४० सैनिकको मृत्यु भएको छ । त्यस्तै, ४० वटा सैन्य ट्यांक ध्वस्त पारिएको रसी सेनाले जनाएको छ ।

कुर्स्क क्षेत्रमा रुसी सेनाले भिषण जवाफी कारवाही गरेपछि युक्रेनी सेना अर्को क्षेत्र बेलगोरोद प्रवेश गर्न खोजेका थिए । आत्मघाती बनेर सीमा प्रवेश गर्न खोज्ने सबै युक्रेनी सेना मारिएको रुसले जनाएको छ ।

यसैबीच रुसी संघका राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो सर्वभौम सत्तामाथि हमला भएको बताउँदै त्यसको कडा जवाफ दिने बताए । पुटिनले सार्वभौम सत्तामाथि हमला भए परमाणु हतियार प्रयोग गर्ने चेतावनी दिँदै आएका थिए ।

अमेरिकाले कुर्स्क क्षेत्रमा नेटो सेना प्रवेश गराएर ठूलो भुल गरेको रुसी अधिकारीहरुले बताएका छन् । त्यसको मूल्य चर्को हुने रुसले बताएको छ । खुला सीमा रहेको कुर्स्स क्षेत्रमा प्रवेश गरेर रुसले कब्जामा जमाएका क्षेत्रबाट पछि हट्न बाध्य बनाउने योजनाको युक्रेनको योजना सफल नहुने देखिएको छ । रुसी सेनाले युक्रेनी भूमिमा झन् ठूलो हमला गरेको छ ।

नेटाेकाे नेतृत्वमा कुर्स्क क्षेत्रमा प्रवेश गरेका युक्रेनी सेना रूसी सेनाकाे घेराबन्दीमा परेकाे रूसी अधिकारीहरूले जनाएका छन् । रूसले साे क्षेत्रमा प्रवेश गरेका कसैलाइ पनि नफर्किन दिने गरी घेराबन्दी टाइट गर्दै गरेकाे रूसी संचारमाध्यमहरूले समाचारमा उल्लेख गरेका छन् ।

रूसकाे भूमिमा प्रवेश गरेर क्षणिक रूपमा जितकाे खुशीयाली बनाएका युक्रेनका राष्ट्रपति भाेलाेदिमिर जेलेन्स्कीले यसबाट हुने सम्भावित खतराकाे अनुमान गर्न नसकेकाे रक्षाविज्ञहरू बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal