आज :

कुर्स्कमा प्रवेश गरेका युक्रेनी सेना भटाभट आत्मसमर्पण गर्दै, मस्कोतिर प्रहार गरिएका सबै ड्रोन नष्ट

  • अनलाइन डबली

काठमडौँ । रुसको कुर्स्कमा प्रवेश गरेको हमला गरिरहेका युक्रेनी सेनाले भटाभट आत्मसमर्पण गरिरहेका छन् ।

रुसले जवाफी कारवाहीलाई तेज बनाएसँगै युक्रेनको पक्षबाट लड्न कुस्र्स क्षेत्रमा प्रवेश गरेका सैनिकहरुले रुसी सेनासँग हतियार बुझाउँदै गरेको भिडियो अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले सार्वजनिक गरेका छन् ।

रुसको खाली सीमा रहेको कुर्स्कमा नेटोको सहयोगमा युक्रेन प्रवेश गरेको छ । अहिलेसम्म करिब ३० किलोमिटर भित्रसम्म पुगेको बताइएको छ ।

अमेरिकाले दिएको लामो दूरीको मिसाइल प्रहार गरेका कुस्र्सका सेमी नदीमा रहेका तीनवटै पुल युक्रेनको पक्षबाट भत्काइएका छन् ।

रुसले कुर्स्क क्षेत्रबाट आफ्ना नागरिकलाई अन्तै सारेपछि हमला तेज बनाएपछि युक्रेन अघि बढ्न नसकेको बताइएको छ ।
युक्रेनको पक्षबाट कुर्स्क क्षेत्रमा प्रवेश गरेका २ हजार सैनिक आफ्नो कारवाही परी मृत्यु भएको रुसले जनाएको छ ।

कुर्स्क क्षेत्रमा अमेरिकाको निजी सैनिक एफओजीले युद्ध लडिरहेको पनि पुष्टि भएको छ । एफओजीलाई नेटोले तलब दिएर कुर्स्स क्षेत्रमा युद्ध लड्न पठाएको रुसले दाबी गरेको छ ।

यसैबीच युक्रेनको तर्फबाट रुसको राजधानी मस्को आसपासमा प्रहार गरिएका प्रहार गरिएका ड्रोन नष्ट गरिएको रुसी रक्षा मन्त्रालयले जनाएको छ । फरकफरक स्थानमा प्रहार गरिएका शक्तिशाली कामिकाजी ड्रोन आकाशमै नष्ट पारिएको रुसले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal