आज :

जिशन अलाम कर्णाली याक्समा अनुबन्ध

  • अनलाइन डबली

काठमाडौं । कर्णाली याक्सले तेस्रो नेपाल प्रिमियर लिग (एनपिएल)को लागि टेष्ट राष्ट्र बंगलादेशका युवा ब्याटर जिशन अलामलाई अनुबन्ध गरेको छ ।

आइतबार जिशनलाई बाँकी खेलको लागि अनुबन्ध गरेको कर्णाली याक्स स्पोट्र्स प्रा.लीका अध्यक्ष गृहेन्द्र घिमिरेले जानकारी गराए । अध्यक्ष घिमिरेले जिशनको आगमनसँगै टिमको शीर्षक्रम बलियो हुने विश्वास व्यक्त गरे । ‘जिशन पछिल्लो समय राम्रो लयमा रहेका कारण हामीले अनुबन्ध गरेका हौं । उनको आगमनपछि कर्णाली याक्सको शीर्षक्रम बलियो अझै बलियो हुने विश्वास लिएका छौं ।’अध्यक्ष घिमिरेले टिममा दुई बंगलादेशी खेलाडी रहिसकेकाले जिसमलाई पनि नेपालको वातावरणमा खेल्न सहज हुने बताउाछन् ।

जिशन कर्णालीमा अनुबन्ध हुने तेस्रो बंगलादेशका खेलाडी हुन् । यसअघि अरिफुल इस्लाम र अकवर अली अनुबन्ध भएका थिए ।

२१ वर्षीय ब्याटिङ अलराउण्डर जिशनले बंगलादेशको यु–१९ हुँदै ए टिमबाट खेलिसकेका छन् । यस्तै, बंगलादेशको फ्रेन्चाइज टोलीहरु राजशाही वारिअर्स र दुरबार राजशाहीबाट खेलेका छन् । उनले लिष्ट ए मा ४९ खेल खेल्दै १ हजार २९५ रन बनाएका थिए । त्यस्तै, २७ टी–२० आईमा ५ सय ७१ रन बनाएका छन् ।

जिसनले अस्ट्रेलियामा भएको टप एण्ड टी–२० शृंखलामा नेपालविरुद्ध पनि सानदार प्रदर्शन गरेका थिए । बंगलादेशले ९ विकेटको जित निकाल्दा अविजित ५२ रन बनाएका थिए । उनले सो खेलमा २९ बलमा तीन चौका र ४ छक्का हिर्काएका थिए । सोही खेलमा कर्णाली याक्सबाट खेलिरहेका अरिफुल इस्लामले पनि ३४ रन बनाएका हुन् ।

कर्णाली याक्सले सोमबार प्रतियोगिताको आफ्नो तेस्रो खेलमा काठमाडौं गोर्खाजसँग खेल्दैछ । सो खेलमा जिशन उपलब्ध हुनेछन् । प्रतियोगिताको पहिलो दुबै खेलमा जित निकाल्दै कर्णालीले प्रभावशाली सुरुवात गरिसकेको छ । कर्णालीले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई १९ रन र विराटनगर किंग्सलाई ४ विकेटले हराएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal