आज :

युक्रेनको पोल्टाभामा रुसले गर्याे मिसाइल हमला, नेटाेले भन्याे- रूसकाे मिसाइल खसाल्न मिल्दैन

  • अनलाइन डबली

काठमाडौँ । युक्रेनको पोल्टाभामा रुसी मिसाइल आक्रमणमा हालसम्म ५१ जनाको मृत्यु भएको छ । पोल्टावा युक्रेनको दोस्रो ठूलो सहर खार्किभबाट १३० किलोमिटर टाढा छ । यो सहर युद्धको अग्रपंक्तिमा छैन, तर पनि यो लामो दूरीको मिसाइलको प्रभावमा आउँछ ।

रुसले आक्रमण गरेको मिसाइल इस्कन्डर एम ब्यालेस्टिक मिसाइल हो जसले ५०० किलोमिटरसम्म मार हान्न सक्छ । यो मिसाइलमा ७०० केजी विस्फोटक हुन सक्छ । गए राति युक्रेनी सेनाले क्राइमियाबाट इस्कन्डर मिसाइल प्रहार भएको बताएको थियो ।

पोल्टावा रुसी सिमानाबाट १४० किलोमिटर टाढा छ । यहाँ रुसले गरेको हमलामा ५० भन्दा बढीको मृत्यु भएको युक्रेनले दाबी गरेको छ ।

यही कारणले गर्दा युक्रेनको रक्षा मन्त्रालयले पोल्टावाका लागि यो डरलाग्दो दिन भएको बताएको छ । हवाई आक्रमणको साइरन र मिसाइल आक्रमणको बीचमा यति थोरै समय रहेकोले मन्त्रालयले बम सेल्टरमा जाने क्रममा मानिसहरु घाइते भएको बताएको छ ।

यसैबीच नेटाेले रूसी मिसाइल राेक्न वा बीचमै खसाल्न नमिल्ने बताएकाे छ । युक्रेनका राष्ट्रपति भाेलिदिर जेलेन्स्कीपछि पाेल्याण्डका विदेशमन्त्री रूसले हमला गर्ने मिसाइल बीचमै खसाल्न नेटाेसँग माग गरेका थिए ।

युक्रेन र पाेल्याण्डकाे मागअनुसार नेटाेले याे कार्य गर्न नमिल्ने बताएकाे छ । रूसकाे मिसाइल खसाले नेटाे देशहरूबीच नै फाटाे पर्ने भन्दै नेटाेले याे माग पूरा गर्न नसकिने बताएकाे छ ।

नेटाेकाे याे भनाइपछि जेलेन्स्की झन् तनावमा परेकाे बताइएकाे छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal