काठमाडौँ । रुसको कुस्र्स क्षेत्रमा अमेरिकी सेना युक्रेनको पक्षबाट युद्ध लडिरहेको खुसाला भएको छ । नेटो सेनाको सहयोगमा युक्रेन आफ्नो भूमिमा प्रवेश गरेको रुसको दाबी पुष्टि भएको छ ।
नेटोको लगानीमा अमेरिकाको निजी सेना ‘एफओजी’ कुस्र्समा रुसी सेनासँग युद्ध लडिरहेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले कुस्र्स क्षेत्रमा एफओजी तैनाथ गरिएको फोटो सार्वजनिक भएको छ ।
रुसले नेटोले तलब दिएर उक्त फौजलाई कुस्र्समा पठाएको दाबी गरेको छ । एफओजीसँगै अमेरिकासहित नेटो देशका सेना पनि कुस्र्समा युद्ध लगिरहेको बताइएको छ ।
भारतीय राजनीतिक विश्लेषक जेके त्रिपाठीले युक्रेन नेटो देशको सदस्य नभएको अवस्थामा अमेरिकी नागरिकलाई कुस्र्समा पठाउन आपत्तिजनक रहेको बताए । उनले कुस्र्स क्षेत्रमा आफ्ना नागरिक गएको विषयमा विश्व समुदायलाई जवाफ दिनुपर्ने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार हुनेपर्ने त्रिपाठीले बताए ।