आज :

अमेरिकाले युक्रेनलाई दिएकाे F-16 लडाकु विमान रुसले खसाल्यो, नेटोमा हलचल

  • अनलाइन डबली

काठमाडौँ । रुसी फेडेरेशनले अमेरिकाको शक्तिशाली मानिएको लडाकु विमान कुस्र्क क्षेत्रमा सजिलै खसालेको छ । रुसी सेनाले सैन्य कारवाही सुरु गरेदेखि नै युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पटकपटक अमेरिका र नेटो देशहरुसँग F-16 मागेका थिए । तर, युद्ध क्षेत्रमा प्रवेश गरेलगत्तै सो विमान रुसले खसालेको छ ।

लङ रेञ्ज एयर डेफेन्स सिस्टमले F-16 खसालेको रुसी सेनाले बताएको छ । रुसले आफ्नो एस ३०० र एस ४०० ले एफ १६ खसाल्न सक्ने बताउँदै आएको थियो ।

त्यस्तै, रुसको सुखोई ३० ले पनि एफ १६ लाई खसाल्न सक्ने रुसले दाबी गरिरहेको छ । तर, अमेरिका र उसको सहयोगी देशहरुले २४१४ किलोमिटर प्रतिघण्टा उड्न सक्ने भएकोले यसलाई कसैले खसाल्न नसक्ने बताउँदै आएका थिए ।

अमेरिकाले उत्पादन गरेको यो विमान २५ देशहरुले प्रयोग गर्दै आएका छन् । अमेरिकाले अहिलेसम्म करिब ४ हजार एफ १६ उत्पादन गरेको बताइएको छ ।

सो फाइटर विमान खसालेको कुरा युक्रेनी सांसद मारियाना बेजुग्लायाले पनि स्वीकार गरेका छन् । युक्रेनले आफ्नो कमजोरी लुकाउन पाइलटको कमजोरीका कारण विमान दुर्घटना भएको दाबी गरिरहेको छ ।

लडाइँको मोर्चा चेन्जरको रुपमा हेरिएको F-16 युक्रेन पुगेको एक महिनाभित्रै रुसले खसालेको छ । योसँगै विश्वकै शक्तिशाली मानिएको एफ १६ लाई रुसले सजिलै परास्त गर्न सक्ने रक्षा विश्लेषकहरु बताउन थालेका छन् ।

नेटोले तालिम दिएर पठाएका पाइलटको मृत्यु भएको छ । रुसको हमलामा परी युक्रेनको सबैभन्दा सफल मानिएका पाइलट ओलेक्सी मेसको पनि मृत्यु भएको छ । उनलाई ‘मुनफिश’ नामबाट चिनिन्थ्यो । गृहनगर लुत्स्कमा पाइलट मुनफिशको अन्त्येष्टी गरिएको छ ।

यसैबीच युक्रेनका राष्ट्रपति जेलेन्स्कीले हवाई सेनाका प्रमुखलाई बर्खास्त गरेका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal