आज :

हस्तकला महासंघ र सोंख्ला उद्योग बाणिज्य संघबीच सम्झौता

  • अनलाइन डबली

बैंकक, थाइलाण्ड ।

हालै थाइलाण्डको हाट याई शहरमा सम्पन्न साना तथा मझौला व्यवसायिक मेला २०२४मा नेपाल हस्तकला महासंघ र सोंख्ला उद्योग बाणिज्य संघ, थाइलाण्डबीच जुलाइ १९ मा व्यापािरक प्रवद्र्धनकालागि सम्झौता सम्पन्न भएको छ ।

दुबै देशबीच व्यापारिक समन्वय तथा आपसी मैत्रय सम्बन्ध अभिबृद्धि गर्ने उद्धेश्यसहित नेपाल हस्तकला महासंघका अध्यक्ष प्रचण्ड शाक्य र सोंख्ला उद्योग बाणिज्य संघका अध्यक्ष सोङपोल जान्सिरीवात्त्थानथाम्रोंगको संयुक्त हस्ताक्षर गरि उक्त सम्झौता सार्वजनिक गरेका हुन । थाइलाण्डको सोंख्ला प्रान्तका डेप्यूटी गभर्नर महामापीसक्री वामाइ प्रमुख आतिथ्यता तथा सोंख्ला प्रादेशिक वाणिज्य निर्देशक चात्सुदा छुम्सेंगको समुपस्थितिमा हाट याई शहरमा उक्त सम्झौता सम्पन्न गरिएको हो ।

सियाम लांग्छांग कम्पनीको प्रबन्ध निर्देशक जित्र पादुङ्शाक मार्फत प्राप्त सोंख्ला प्रदेशको प्रादेशिक नियोगको निम्तोमा महासंघका अध्यक्ष शाक्य र वाणिज्य उपाध्यक्ष डिल्ली रत्न तुलाधरले उक्त मेलाको विशेष आतिथ्यता ग्रहण गरेका हुन । जुलाई १७ देखि २१ सम्म सम्पन्न ३ दिने एसएमई मेला २०२४को उदघाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष शाक्यले नेपाल र सोंख्ला प्रान्तबीचको साना तथा मझौला व्यापार समुदायबीचको समानतालाई औल्याउँदै शीप हस्तान्तरण मार्फत दुइ देशबीच व्यापार प्रवद्र्धनको सम्भावनामा जोड दिएका छन ।

“महासंघलाई प्राप्त बिशेष आतिथ्यता र यताको संघबीच भएको सम्झौतालाई मेलाको प्राथमिकतामा राखिएको छ,” अध्यक्ष शाक्यले भन्नुभयो, “यस सम्झौताले हाल नेपालको कूल निर्यातको १ प्रतिशतमा रहेको थाइलाण्डको बजारलाई थप बिकसित गर्दै यहाँको बजारको माग अनुसार निर्यात बृद्धि गर्नेतर्फ हामीलाई उत्साहित तुल्याएको छ ।”

नेपाल र थाइलाण्डको सोंख्ला प्रान्तका साना तथा मझौला व्यापार समुदायबीच मैत्रिय सम्बन्धन बृद्धि गर्न पर्यटन, सँस्कृति, शिक्षा, आर्थिक व्यापारसँगै पशुपालन उद्योग र कृषि क्षेत्रमा बिशेष जोड दिइने उक्त सम्झौतामा उल्लेख छ । यसतर्फ व्यवसायिक सम्बन्धनलाई मूर्त रुप दिन दुबै पक्षले आफ्ना अन्तर्राष्ट्रिय समन्वय विभागमार्फत निरन्तर सहकार्य जारी राख्ने प्रतिवद्धता जाहेर गरेका छन ।

 

थाइलाण्ड सरकार, सोंख्ला प्रदेशको आर्थिक सहकार्यमा उद्योग बाणिज्य संघसँगको संयुक्त आयोजनामा सम्पन्न सो मेलामा महासंघका प्रतिनिधीहरुले मेलाका ७० भन्दा बढी उद्यमीहरु र यस क्षेत्रका गरगहना डिजाइनरहरुसँग छलफल अन्तरक्रिया गरेका छन । “तीन दिन सम्म चलेको अन्तरक्रियामा हामीले नेपालको प्राकृतिक रेशा तथा यस प्रान्तमा रहेको केराको रेशाबाट निर्मित सामग्रीहरुको निर्यात तथा आयातबाट सम्भावित व्यापारिक सम्बन्धनमा जोड दिएका छौं,” उपाध्यक्ष डिल्ली तुलाधार भन्नुहुन्छ, “यससँगै निकट भविष्यमा दुबै देशका गहना डिजाइनरहरुको अन्तरक्रिया कार्यक्रम आयोजनाले बढ्दो नेपाली निर्यात बजारलाई यताका उपभोक्ता चाहना अनुसार थप बिकसित गर्ने सम्भावना रहेको छ ।”

मेलाका दौरान कम्बोडियाको सियाम रिप प्रान्तका डेप्यूटी गभर्नर निक नेरोनले महासंघ मार्फत आफ्नो प्रान्त र नेपालसँगको सम्बन्धन पर्यटन तथा कला क्षेत्र गर्न सकिने प्रति निकै उत्साहित भएको बताएका छन । उहाँको टोलीमा रहेका छोङ्ग कासाउ ग्रामका सहभागी उद्यमीहरुले दुइ देशबीच रहेको धार्मिकसँगै बिशेषतः प्रस्तरकलाको समानतामा निकै चासो राखेका छन । अध्यक्ष शाक्यका अनुसार उहाँहरुको उत्साहपूर्ण चासोलाई दुइ देशबीच कलाकार तथा शैक्षिक आदानप्रदान कार्यक्रममा जोड्न सकिए नेपाली हस्तकला क्षेत्रलाई मूलधार शिक्षामा लैजाने महासंघको परिकल्पनामा समेत सहयोगी भूमिका स्थापित गर्न सकिन्छ ।

मेला तथा सम्झौतासँगै महासंघको टोलीले थाइलाण्डकालागि नेपालका राजदूत महामहिम धन बहादुर ओलीसँग पनि भेटघाट गरेका छन । महासंघको अनुरोध अनुसार महामहिम ओलीले थाइलाण्डसँगको व्यापार बिकासकालागि नेपाली हस्तकलाको आवश्यक प्रवद्र्धन व्यवस्थाकासाथै यसै वर्ष नेपालमा हुने २१औं हस्तकला मेला तथा १९औं क्राफ्ट प्रतियोगितामा थाई पर्यटक तथा उद्यमीहरुको सहभागिता बृद्धिमा आफ्नोतर्फबाट पहलकदमी लिने बिश्वास दिलाएका छन ।

नेपाल र थाइलाण्डबीचको व्यापारले बिगत वर्षदेखि अझै तीव्रता पाएको देखिएको छ । सन २०२३मा द्विपक्षीय व्यापार झण्डै १५ करोड डलर पुगेको र दुबै देशबीचको पर्यटकीय तथा व्यापार सम्बन्धको सम्भावनालाई बृद्धि गराएको छ ।

सन २०२२ मा नेपालको थाइलाण्डमा निर्यात करीब १०.६ करोड डलर रहेको थियो । निर्यात सामाग्रमीमा कागजका कन्टेनर लगायतका वस्तु (३ लाख १९ हजार डलर), सिरक (२ लाख ०५ हजार डलर) र फलामे सामग्री (१लाख १४ हजार डलर) रहेको थियो । बिगत ५ वर्षमा नेपाली निर्यातको अनुपात सन २०१७मा ७लाख ५६ हजार डलरबाट सन २०२२ मा १लाख ६हजार डलर पुगेको आधारमा वार्षिक ७ प्रतिशतले बृद्धि देखिएको छ ।
सोही वर्ष थाइलाण्डले नेपालमा करीब ८० करोड डलर बराबर सामाग्री निर्यात गरेको पाइन्छ । यस अन्तर्गत प्रमुख सामग्रीमा सिन्थेटिक स्ेटपल फाइबर (१४.६ करोड डलर), पोलिमर (९.४२ करोड डलर) र गाडी (५.५९ करोड डलर) रहेको थियो ।

थाइलाण्ड वाणिज्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार २३० व्यापारिक देशहरुमध्ये नेपाल १०७औं स्थानमा रहेको पाइएको छ । नेपालको आ. व.२०८०÷८१ को प्रथम एघार महिना (श्रावण—जेठ) अवधिको वैदेशिक व्यापार वस्तुस्थिति अनुसार पैठारी व्यापारका प्रमुख मुलुकहरुमध्ये थाइलाण्ड १२औ स्थानमा रहेको छ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal