आज :

पार्टी कार्यालय पुगेर ओलीले भने- ‘नेपो बेबी’ अभियान चलाएर बालबालिकामाथि आक्रमण

  • अनलाइन डबली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘नेपो–बेबी’ भन्दै बालबालिकामाथि आक्रमण गरिएको बताएका छन् ।

शनिबार भेटघाट तथा चियापान कार्यक्रममा बोल्दै उनले दुनियाँमा फैलिएको डेंगु र कोभिड जस्तै खतरनाक ‘नेपो बेबी’ अभियान चलेको बताए ।

उनले भने, ‘दुनियाँमा फैलिएको डेंगु भन्दा खतरनाक र कोभिड जस्तै खतरनाक नेपो बेबी । अब त्यो बच्चाको के दोष ? यो समाज हो की मान्छेहरुको भीड मात्रै हो ।  यो सभ्य समाज हो की, असभ्यहरुको  जमातको भीड हो ? अहिले बालबालिकाहरुलाई त्रसित बनाइएको छ । नेपो बेबी भनेर बालबालिकामाथि आक्रमण गरिएको छ । के सिक्दैछ हाम्रो समाज अनि हामी त्यही हल्लाको पछि लाग्ने हो ?’

साथै उनले हाल देशमा शान्ति र स्थायित्वको आवश्यकता रहेको भन्दै सरकारले त्यसको विरोध गरेको आरोप लगाएका छन् । ओलीले देशमा आतंक फैलिएको र सरकारले त्यसलाई नियन्त्रण गर्नुको सट्टा शान्तिको पक्षमा बोलेकामा आफूप्रति रिस व्यक्त गरिरहेको दाबी गरे ।

उनले भने, ‘हामीले बेठिक कुराहरू, बेठिक हावाहरू, ‘नेपो बेबी’ जस्ता नचाहिने कुरा सिक्नु हुँदैन । यो कुनै सभ्यता पनि होइन, केही पनि होइन । देशमा अहिले आतंक छ । यस्ता गतिविधिहरू अब पनि नरोक्ने ?’

ओलीले पछिल्ला दिनहरूमा सार्वजनिक तथा निजी सम्पत्तिमा भएको तोडफोड, आगजनी, लुटपाटजस्ता घटनाप्रति आक्रोश व्यक्त गरे । उनले प्रश्न गरे, ‘सामान लुट्दै–चोर्दै भाग्दै गर्न हुँदैन भनेको सुनेर सरकार रिसायो होला ? आगो लगाउनु हुँदैन भनेकोमा रिसायो होला ? शान्तिको कुरा गरेको सुनेर रिसायो होला ?’

सरकारप्रति कटाक्ष गर्दै ओलीले थपे, ‘सरकारलाई रिस उठेपनि, जसलाई उठेपनि म भन्न चाहन्छु यो देशमा नेकपा एमाले पनि छ । हामी लडेर भए पनि देशलाई शान्तिपूर्ण देशको रूपमा परिणत गरेरै छाड्छौं ।’

उनले सामाजिक सन्तुलन भंग गर्ने र हिंसात्मक गतिविधिबाट लाभ उठाउने प्रयासहरूलाई अस्वीकार्य ठहर गरे । ‘अर्काको सम्पत्ति लुटेर आफ्नो जीविकोपार्जन चलाउने, अधुरो खुसीका लागि हिंसा मच्चाउने, अर्काको घरमा आगो लगाउने—कस्तो रिस हो यो? कस्तो आक्रोश हो?’ ओलीले प्रश्न गरे ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal