आज :

नारायणगढ-मुग्लिन सडकखण्डमा सातवटा सवारीसाधन एकैपटक ठोक्किए, २ दर्जन घाइते

  • अनलाइन डबली

रामेछाप । चितवनको मुग्लिन-नारायणगढ सडकखण्डमा शनिबार बिहान सात वटा सवारीसाधन आपसमा ठोक्किँदा २० जनाभन्दा बढी घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक (डीएसपी) रवीन्द्र खनालका अनुसार दुर्घटना बिहान करिब ७ः३० बजे भएको हो ।

मुग्लिनतर्फबाट नारायणगढतर्फ आउँदै गरेको ना ८ ख ६६२९ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको बा ४ ख ७४२० नम्बरको बस एक आपसमा ठोक्किएपछि पछाडिपछाडि आएका अन्य सवारीसाधनहरू पनि दुर्घटनामा परेका प्रहरीले जनाएको छ ।

बसको पछाडि रहेको ना ७ ख ९६०७ नम्बरको टेलर, त्यसपछि बा प्र ०६–००१ ग ०४८४ नम्बरको इलेक्टिक माइक्रो, ग २ ख १६२६ नम्बरको अर्को बस, ना ३ च ३२५६ नम्बरको बलेरो र बिएबी ८४७० नम्बरको कार समेत एकैसाथ ठोक्किएका थिए ।

दुर्घटनामा २० जनाभन्दा बढी यात्रु घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये १३ जनाको नेसनल सिटी अस्पतालमा, चार जनाको चितवन मेडिकल कलेजमा र चार जनाको जनता केयर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि सडक केही समय अवरुद्ध भएको थियो।

अहिले भने सवारी आवागमन आंशिक रूपमा सञ्चालनमा आएको प्रहरीले जनाएको छ । बिहानको समयमा हुस्सुको कारण दुर्घटना भएको हो वा ब्रेक फेल भएको हो भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal