आज :

निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाइ ऋण किस्ता त्रिपन्न करोड नौ लाख भुक्ता गर्यो

  • अनलाइन डबली

नेपाल वायुसेवा  निगमले अन्तर्राष्ट्रिय उडानका लागि खरिद गरिएका दुई न्यारोबडी र दुई वाइडबडी जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋण दायित्व मध्ये दुई न्यारोबडि जहाजको २०८२ असोज मसान्तसम्मको किस्ताबापत पुरा र दुई वाईडबडि जहाजको आंशिक गरी मिति २०८२ असोज ३१ गते जम्मा रु. ५३०,९५५,२८१ (अक्षरेपीः त्रिपन्न करोड नौ लाख पचपन्न हजार दुइ सय एकासी मात्र) ) रकम भुक्तानी गरेको छ ।

नेपाल वायुसेवा निगमको व्यवस्थापन वर्तमान नेतृत्वले सम्हाले पश्चात, निगमले जहाज खरिद सम्बन्धी ऋण दायित्व शीर्षकअन्तर्गत २०८२ असोज मसान्तसम्मको अवधिमा कुल रु. ८ अर्ब ४५ करोड २४ लाख १८ हजार ६५७ रुपैयाँ किस्ता रकम भुक्तानी गरिसकेको छ ।

साथै, विश्वव्यापी कोभिड–१९ महामारीका कारण निगमको व्यापारमा समेत प्रतिकुल असर परेकोले सोे अवधिको व्याजको व्याज, हर्जाना र पेनल छुट गरी सहयोग गरिदिन एंव किस्ताको संख्या बृद्धि गरेर ऋण दायित्व भुक्तानीलाई सहजीकरण गरिदिन कर्मचारी सञ्चय कोष तथा नागरिक लगानी कोषलाई अनुरोध पत्र पठाएको छ  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal