आज :

‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ दुइवटा कृति सार्बोजनिक

  • बुद्धशरण शाही

काठमाडौँ  ।  ‘युगकवि सिद्धिचरणका गद्य कविता’ र ‘विज्ञका दृष्टिमा युगकवि’ दुइ वटा कृति सार्बोजनिक भएको छ । सिद्धिचरण श्रेष्ठको ११३ औँ जन्मजयन्तीमा राजधानीमा सोमबार युगकवि सिध्दिचरण प्रतिष्ठानद्वारा आयोजित कार्येक्रममा प्रधान मन्त्री के पी शर्मा ओलीले उक्त दुइ कृति सार्बोजनिक गर्नु भयो ।

सो अवसरमा प्रधामन्त्री ओलीले युगकविका रचनाले क्रान्तिमा लामबद्ध हुन युवालाई उत्प्रेरणा मिलेको चर्चा गर्दै , युगकवि सिद्धिचरणको कविताबाट वैचारिक र साहित्यिक रूपमा प्रभावित रहेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो, “युगकवि मेरा पनि गुरु हुनुहुन्छ, उहाँको साहित्यबाट म अति प्रभावित छु ।” उहाँले उहाँले भन्नुभयो, “देश र जनताका लागि आवश्यक पर्दा युवा जोसिनु स्वाभाविक हो । युगकविका कविता र गीतकै प्रेरणाले धेरै युवा क्रान्तिमा होमिन र सहिद हुन तयार भए ।” उहाँले युगकविकै गीतबाट प्रभावित भई गङ्गालाल श्रेष्ठ सहिद भएको प्रसङ्ग चर्चा गर्दै भन्नुभयो, “म पनि क्रान्तिमा होमिएको थिएँ ।” उहाँले २००७ सालको सेरोफेरो र त्यसपछिका दिनमा
युगकविका सिर्जनाबाट धेरै स्रष्टाको सिर्जनामै प्रभाव परेको बताउनुभयो । उहाँले देश र जनताका लागि आवश्यक पर्दा जोसिनुपर्ने चर्चा गर्नुभयो । उहाँले भन्नुभयो, “जसरी नेपाल– अङ्ग्रेज युद्धका बेला नेपाली जोसिएका थिए, त्यसरी नै आवश्यक पर्दा कहिलेकाहीँ जोसिनु पर्छ, युवा चम्किनु पर्छ ।”

प्रधानमन्ओलीले प्रा डा उषा ठाकुरलाई युगकवि सिद्धिचरण पुरस्कार प्रदान गर्नुभयो । सो पुरस्कारको राशि एक लाख रुपियाँ रहेको छ । यस्तै नेपाल टेलिभिजनका ओखलढुङ्गा संवाददाता नवराज कार्कीलाई ४० हजार रुपियाँ राशिको युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार प्रदान गर्नु भयो ।

ओखलढुङ्गा बजारमा विसं १९६९ जेठ ९ गते जन्मिनुभएका युगकवि श्रेष्ठको २०४९ जेठ २२ गते निधन भएको थियो । कवि श्रेष्ठले १९९२ सालमा प्रकृतिपरक कविता ‘ओखलढुङ्गा’ लेख्नुभएको थियो । फत्तेबहादुर सिंहको सम्पादनमा १९९५ सालमा प्रकाशित नेपाली विहार कवितासङ्ग्रहमा सिद्धिचरणका तीन वटा नेवारी कविता छापिएका थिए । त्यसमध्ये ‘वर्षा’ शीर्षकमा नेपाल भाषामा  ‘ क्रान्तिबिना थन दैमखु स्वच्छ शान्ति’ अर्थात् ‘ क्रान्तिबिना यहाँ हुँदैन स्वच्छ शान्ति’ अर्थको पङ्क्ति रहेको थियो । राणा शासक क्रान्ति शब्द सुनेर आत्तिन्थे । युग चेतना, स्वतन्त्रता र शान्ति अनुरागका कविताले सिद्धिचरणलाई अंश सर्वस्वसहित १८ वर्षको कठोर कारावासको सजाय दिइयो । तथापि पाँच वर्षको कारावासपछि २००२ सालमा युगकविलाई हिरासत मुक्त  गरियो । युगकविको हालसम्म ३९ कृति प्रकाशित भएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal