आज :

पचली भैरव  जात्रा आज – यस्तो छ आख्यान

  • बुद्धशरण शाही

काठमाडौँ। वडा दशैँ असोज शुक्ल पञ्चमीका दिन आज पचली भैरव  जात्रा गर्ने प्रचलन रही आएको छ । तामाको ठूलो घ्याम्पोमा भैरव खड्गधारी त्रिशूल, ढाल, विन्दु मुद्रामा देखिन्छन् भने टाउकोमा भगवान् बुद्धको शिरसहित अङ्कित छ तर घ्याम्पोभित्र जाँड, रक्सी भरी भव्य ढंगले कोंचाद्यो जात्रा गर्ने गरिन्छ । यो जात्रा दलाछीं, बकछें (इनाखाय), यङ्गाल, न्हुघः नायापाच्वःका ज्यापूहरूले पालैपालो बर्सेनि चलाउँने परम्परा रही आएको छ ।

महालक्ष्मी देवीले कलिगत संवत् ३८२५ मा राजा गुणकामदेवलाई सपनामा दिएको आज्ञामुताबिक काठमाडौं नगरवरिपरि अष्टमातृका स्थापना गरे । म्हेपीलाई मञ्जुश्री खड्गको शिर र पचलीलाई बौंड बनाई स्थापित पचलीभैरवलाई फर्पिङका राजाको रूपमा लिइन्छ ।

जात्राबारे प्रख्यात आख्यानुसार तन्त्रबलले सम्पन्न पचली प्रत्येक दिन काशीमा नुहाई टेकुस्थित नई अजिमा ( नायर वंशीय , खड्गी कन्या ) सँग प्रेमालाप गर्न रात बिताउँथे । एक दिन नई अजिमाका अभिभावकले थाहा पाएर कुटपिट गरी वर्तमानमा पचली-पीठ भएको ठाउँमा फ्याँकिदिएछन्, जहाँ पचलीभैरव र नई अजिमा दुवै सिद्ध भएको भन्ने विश्वास गरिन्छ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal