आज :

चीनद्वारा गाओफेन–१४ ०२ उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण

  • अनलाइन डबली

काठमाडौं । चीनले आइतबार दक्षिण–पश्चिमी सिचुवान प्रान्तस्थित सिचाङ्ग उपग्रह प्रक्षेपण केन्द्रबाट नयाँ उपग्रह ‘गाओफेन–१४ ०२’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ ।

यो उपग्रह चिनियाँ समय अनुसार बिहान ११ः५५ बजे ‘लङ मार्च–३बी’ रकेटमार्फत आकाशमा उडाइएको थियो । प्रक्षेपणपछि उपग्रह निर्धारित कक्षमा सफलतापूर्वक प्रवेश गरेको चीनको अन्तरिक्ष निकायले जनाएको छ ।

गाओफेन–१४ ०२ उपग्रहले विश्वव्यापी स्तरमा उच्च–सटीक त्रि–आयामिक (स्टेरियो) चित्रहरू संकलन गर्न सक्ने क्षमता राख्दछ । यसले देशको आर्थिक विकास, आधारभूत भूगोलसम्बन्धी जानकारी संकलन तथा राष्ट्रिय सुरक्षासम्बन्धी पूर्वाधार निर्माणमा सहयोग पु¥याउने बताइएको छ । यो प्रक्षेपणसँगै ‘लङ मार्च’ रकेट श्रृंखलाको यो ६०३ औँ उडान मिशन रहेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal