गोपाल तथा किरातकालिन बस्ती फर्पिङ र आस्थाकी देवी दक्षिणकाली सम्पदालाई संयुक्तरुपमा पुर्नजागृत गर्न विविध परियोजना अगाडी बढाएको छ । यसका लागि काठमाडौं क्षेत्र नं.१० पर्यटन संरक्षण समितीको आयोजनामा सम्पदा यात्रा अभियानबाट पर्यटन प्रवद्र्धन थालिने भएको हो ।
काठमाडौं तथा देश विदेशबाट दक्षिणकाली दर्शनार्थ आउनुहुने भक्तजनहरुलाई फर्पिङ क्षेत्रमा पुजित बज्रयोगिनी, फुचो मनकामना ,पुरानो दक्षिणकाली , फिल्म सुटिङस्थल भुण्डोल , उपत्यकाका चार नारायण मध्ये एक शेषनारायण ,गोपालकालिन सभ्यता बोकेको गोपालेश्वर महादेव , बाणासुर उषा महारानीको दरवारको भग्नावशेष , भाईलन पुल ,शंकटासम्मलाई एउटै प्याकेजमा भ्रमण तथा प्रर्वद्धन गर्ने अभियानले तय गरेको छ । दक्षिणकालीनगरपालिका वडा नं ६ का वडाध्यक्ष शैलेन्द्रमान मानन्धर भन्नुहुन्छ , कोरोना ,नाकाबन्दी ,भुकम्पपछि सिथिल बन्दैगईरहेको फर्पिङ , दक्षिणकालीको पर्यटनलाई पुर्नजागृत गर्न प्याकेजमा अभियान थालिएको हो । फर्पिङ, तराई पुग्ने सबैभन्दा छोटो ५६ कि.मी.को मार्गपनि हो । याहाँबाट हेटौंडाहुँदै तराई छिचोल्न छैमले वा फुचो भएर बाटो फातेपछि सुख्खा लागेको ऐतिहासिक फर्पिङ बस्तीलाई होम स्टेय् र नेवार तथा तामाङ भान्छामा पाक्ने खानाको परिकार पस्कने हवको रुपमा प्रवद्र्धन गर्दै लाने लक्ष्य बनाएको हो । दक्षिणकाली क्षेत्र सुधार समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष मानन्धर भन्छन् ,दक्षिणकाली नगरपालीकासंग मिलेर विश्वमानै एक मात्र रहेको बामन अवतारको बामन धाम , किरातकालिन राजाहरुको कुल देवी चौकटदेवी , शिखी बुद्धले ध्यान गरी सिद्धी प्राप्त गरेको पवित्रस्थल चम्पादेवीलगायतका क्षेत्रमा ट्ेकिङ ,हाई्ेकिङ र जिप सफारी पर्यटन थाल्नुपर्ने स्थानियको सुझव छ । यसका लागि भ्रमण गाईड बुकलेट प्रकाशन , डकुमेन्टी निर्माण र दक्षिणकाली भ्रमणमा आउनुहुने भक्तजनलाई खाने बस्नका लागि होमस्टेय्को संचालन गर्दैछौं ,वडाध्यक्ष मानन्धरले पत्रकार भेटमा भन्नुभयो । भक्तपुरको जुजु द्यौ ,गोर्खाको सुन्तला, सिन्धुलीको जुनार , टिकनीको चिउरा , खेकनाको तेल , टोखाको चाकु भनिए झैं फर्पिङको नास्पाती ,खुर्पानी ,खुवा र लप्सी पनि हो । यसको प्रवद्र्धन ,उत्पादन बृद्धि ,ब्यबस्थापन र बजारीकरणको लागि नगरपालिकाले कृषि तालिम , नास्पाटीको जाम वा व्रण्डी ,सुकुटी ,लव्सीको पाउँ लगायतका उत्पादन गर्न गराउन अनुदान छुट्याएको छ । यस अभियानलाई स्थानियसंग मिलेर अझैं चुत दुरुस्त र ब्यापक बनाउँदै लाने लक्ष्य बनेको सो अबसरमा बताउनुभयो ।
फर्पिङ दक्षिणकाली प्याकेज भ्रमण यात्राका रुटहरु
१) दक्षिणकाली ः
२ ) फर्पिङका आराध्यदेवी ३३ कोटी देवीदेवताका झम्केश्वरी
पचली भैरब र बुद्ध विहारहरु ः
३ ) बज्रयोगिनी ह्योगुद्यो ः
४ ) गोरखनाथ गुफा, गणेश र सरस्वती गुम्बा ः
५ ) पुरानो दक्षिणकाली मन्दिर
६) भुण्डोल डाँडा र सुटिङस्थल
७ ) १०८ धारा सहितको मनकामना फुचो माजु देवल
८ ) वामन धाम
९ ) चौकोट देवी
९ ) गोपालेश्वर र वाणासुर उषा महारानीको दरवार
१०) फर्पिङ भाईरल झोलुङे पुल
११ ) यसियाको दोस्रो चन्द्र ज्योति विद्युत गृह
१२ ) शंकटा पाल्हाद्यो
१३ ) डल्लुमा गुरु पद्मसंभवको एक सय ३७ फिटको भव्य मुर्ति
१४ ) शेषनारायण शिखरलोकेश्वर पुनः फर्पिङभित्रै खाने बस्ने वा फर्कने ।
यसै सन्दर्भमा अर्का अभियन्ता फर्पिङ पर्यटन विकास समाजका अध्यक्ष श्रीकृष्ण मानन्धर भन्छन् ,फर्पिङ क्षेत्रमा लामो समयदेखि पर्यटन मन्त्रालय वा टाभल्स ऐजेन्सी मार्फत बन्द राखेको टभल्स रुट लाई सर्बप्रथम खुलाउनु पर्छ । यसबाट हाईर्किङ ,ट्ेकिङ र देशविदेशबाट आउनुहुने पर्यटकहरुलाई खुल्लम खुल्ला भ्रमण गर्न सहज हुने थियो ।
कोरोना वा माओवादी जनयुद्धको कालमा सुरक्षाको कारण देखाउँदै टभल्स रुट बन्द गराएका थिए तर खोल्ने तर्फ कतैबाट पहल भैरहेको छैन ।
दोस्रो कुराः
दक्षिणकाली माताको दर्शन गर्न आउनुहुने धार्मिक पर्यटकलाई ऐतिहासिक पुरातात्विक बस्ती फर्पिङलगायतका अन्य धार्मिक ,सास्कृतिक सम्पदाहरु छन् ,याहाँ भ्रमण गर्नुपर्छ भन्ने कुराको जानकारी नहुँदा दक्षिणकालीको दर्शन पश्चात सिधै काठमाडौं फर्किने गरिरहेको पाईन्छ ,त्यसको लागि सम्वन्धित वडा को पहलमा सर्व प्रथम फर्पिङ , मनकामना ,गोपालेश्वर प्रबेश गर्ने रुट सहितको कलात्मक ढोका निर्माण गर्नु पर्ने आबश्यकता छ ।
जहाँ सम्म फर्पिङ प्रवेशको निम ढोका निर्माणका लागि नगरपालिकाले पहल थाल्दा स्थानियको सहभागिता विना कला विहिन कङिक्रटको पिलर थड्याउने प्रयास भएको थियो ,जुन सफल हुन सकेन । स्थानियको सहभागितामा बन्ने निम ढोकामा यहाँको पहिचान बोकेको हरिशंकर जात्राको सातै टोलका देविदेवताको मुकुण्डो , बज्रयोगिनीको प्रतिकको प्रतिनिधित्व हुनु पर्दछ भन्ने हो । त्यसैगरी परम्परागत
ढङगमा निर्माण हुने निम ढोकाको दायाँ बायाँ प्रत्येक तीन वर्षमा हुने कोटुवाल दहको नागनागिनी जात्राको प्रतिकको प्रतिनिधित्व गर्नु पर्दछ ।
तेस्रो कुरो ः
फर्पिङ देशभित्र प्रबेशगर्ना साथ ट्पििकल नेवारी खाना छोयला बजि वारा खाने खुवाउने रेष्टिुरेन्ट त चाहियो नै विविध कारणले खाली रहेका घरहरुलाई सस्तो सर्वसुलभ र सुरक्षित रुपमा बस्ने होम स्टेय् ,लजहरुको ब्यवस्थापन ,अर्गानिक नास्पातीको ऐला (रक्सी ) ब्यवस्था गरिनु पर्दछ ।
उपहार लान वा त्यहि बसेर खान नास्पाती ,खुर्पानीको जाम , सुकुटी ,खुवा ,पुष्टकारी ,गुँदपाक ,लब्सीको पाउँ क्याण्डी , लोकल कुखुरा ,बोकाको मासुको परिकारलाई ब्यापकता दिन सके सुनमाथि सुगन्ध हुने थियो ।
चौथोपनि सवाल छ ः
त्यो के हो भने फर्पिङमा पचली भैरवको दरवार छ , गोपालेश्वर भनेको गोपालकालीन राजा वाणासुर उषा महारानीको दरवार भएको पुरातात्विक सम्पदास्थल हो भन्ने बारे थुप्रै सत्य घटनामा आधारित आख्यानहरु छन् ।
बज्रयोगिनीका संस्थापक ओदियानाचार्यदेखि पुरानो दक्षिणकाली मातासम्म मनकामनास्थापनको आख्यानदेखि शेषनारायणका कथासम्म आख्यानहरुलाई डमा डकुमेन्ट्रिीका माध्यमबाट जनचेतना प्रवाह गर्दै गराउदै जानु पर्छ जुन कुरा मैले पचली भैरबको ब्याले बाट थालेको छुँ ।
पुर्व वडाध्यक्ष समेत रहनुभएका फपिं नेवाः पुचःका अध्यक्ष शंकर महर्जनभन्नु हुन्छ , ऐतिहासिक फर्पिङ क्षेत्रको भाषा ,कला , संस्कृतिको संरक्षण सम्वद्र्धनमा कृयाशील यस पुचःले न्हुँद भिन्तुना र्याली निकाल्नेदेखि लिपि ,बाजा गाजा प्रशिक्षणसम्मको काम गरिदै आईरहेको छ ।
पुख्र्यौली पहिचानको संरक्षण र आन्तरिक तथा वाह्य पर्यटक प्रवद्र्धन समेत हुनेगरी आफु वडाध्यक्ष हुँदैदेखि पुचः मार्फत बृद्ध बद्धाको सम्मान ,एस.एल.सि.का विद्यार्थीलाई ट्युशनको ब्यवस्था तथा सम्मान ,पुराना बहावही ,ईनार ,पोखरी , ढुङगे धाराको जिर्णोद्धार , द्योछें ,फल्चापाटीको पुर्ननिर्माणसम्म सम्पन्न गरियो ।
अब पुचः जात्रा पर्वको ब्यवस्थापन , परम्परागत पुराना घरहरुमा होमस्टेय् , गुम्वा र दक्षिणकाली आउनुहुने भक्तजनहरुलाई सात टोलको फर्पिङ बस्ती भित्रका ३३ कोटी देवी देवता बहाबही ,डबली ढुङगेधारा भ्रमण गराउनमा केन्द्रित हुने हुदैछौं । तर जिम्मेवार जनप्रतिनिधिहरुले मन्त्रालय मार्फत २० औं बर्षदेखि बन्द गरेको दक्षिणकाली फर्पिङ भ्रमणलाई खुलाउने तर्फ पहल थालोस । हामी परम्परागत हस्तकलाका सामग्री ,उपाहरका उत्पादनहरु बजारिकरण गर्न केन्द्रित हुदैछौं । यी र यस्ता यावत कृयाप्रतिकृयालाई सकारात्मक भन्नुहुदै दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेतभन्नुहुन्छ , नगरबासीहरुबाट दक्षिणकाली नगर क्षेत्र भित्र रहेका ऐतिहासिक ,धार्मिक र सास्कृतिक सम्पदाहरुलाई संयुक्तपर्यटकिय हवःको रुपमा प्रवद्र्धन थालेको अभियानमा मेरोपनि एक्यबद्धता छ र आभारपनि ब्यक्त गर्दछुँ ।
सुरक्षाको कारणदेखाउदै बन्द रहेको विभिन्न टभल्स् मार्पmत दक्षिणकाली फर्पिङ भ्रमण खुलाउन आएको जनआवाजको कदरगर्दै १० नंम्बर क्षेत्रका माननिय सासंद राजेन्द्र के.सी.मार्फत मन्त्रालयमा कुरा अघि सारिसकिएको छ भने पर्यटन प्रवद्र्धनका लागि होम्स्टेय् तथा अन्य हस्तकला तालिम आगामी बजेटमा ब्यवस्था गर्ने छुँ । फर्पिङको पहिचान सम्पदा प्रर्वद्र्धनका लागि स्थानियहरुसंगै मिलेर सम्पदा संयुक्त भ्रमण गर्ने गराउने अभियननै थाल्ने तयारी भैसकेको छ भने आन्तरिक बाह्य भक्तजन पर्यटनहरुले दक्षिणकाली ,मनकामना ,गोरखनाथ गुम्वा गुफा आदि दर्शन भ्रमण पछि एक दिन यहि बसौं न त भनि रात विताउन चाहनेहरुको लागि होम स्टेय् संचालन र तयारी गर्न तालिम समेत राखेका छौं । यस क्षेत्रको पहिचान नास्पाती ,खुर्पानी ,खुवा , लोकल कुखुरा ,बोका र लप्सीलाई ब्यापक प्रवद्र्धन गर्न पकेट क्षेत्रलाई तालिम र अनुदानको घोषणा गरिदैछ भने दुध मासु र तरकारीमा आत्मनिर्भर हुन नगरबासीका लागि उन्नत जातको राँगो भैंसीं ५२ वटा ,गाई ४० वटा ,१० हजार वटा कुखुरा ,एक हजार वटा बाख्रा बोका किसानहरुलाई बितरण गर्दैछौं । त्यसका अलावा स्थानिय खानाको प्रवद्र्धनार्थ तालिम तथा विउ पुँजी लगानीको लागिपनि पहल भैरहेको छ ।
देश भित्रै रोजगारी श्रृजना गर्ने कार्यमा ऐतिहासिक धार्मिक गर्नुपर्ने विकास निर्माणको प्रस्ताव आए रचनात्मक कार्य गर्दै लानेकार्यमा नगरपालिका सकारात्मक रहेको छ मेयर मोहन बस्नेतले स्पष्ट पार्नुभयो ।