आज :

‘शहीदहरूको सम्झनामा श्रद्धासुमनसहित भाइटीका’ सबै एक भएर संघर्षमा जुटौंः जेन–जी युनाईटेड परिवर्तन

  • अनलाइन डबली

काठमाडौं । जेन–जीको बलिदानबाट बनेको सरकार शहीद र घाईतेप्रति जिम्मेवार नभएको भन्दै ‘जेन–जी युनाईटेड परिवर्तन’ले एकजुट भएर संघर्षमा उत्रन आह्वान गरेको छ । बुधबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको अयोजना गरी शहीदहरूको सम्झनामा माइतिघरमा ‘भाइटीका’को दिन सामुहिकरुपमा सरकारलाई खबरदारी गर्ने जानकारी गरेको छ ।

शहीद परिवार कमल सुवेदीले नेपालीहरुका महान चाड दसैं तथा तिहारका पूर्वसन्ध्यामा देश शोकमा डुबेकाले पर्वलाई शक्तिमा रुपान्तरण गर्न शहिदहरुको सम्झनामा श्रद्धासुमनसहित ‘भाइटिका’का दिन संघर्षको उद्घोष गर्ने बताए ।

जेन्जी शदिक्षा राईले अबको समय भनेको जेन्जीहरुको भएको र सबै युवायुवतीहरु विभाजित भन्दा एक भएर देश बनाउन जुट्नु पर्नेमा जोड दिइन् ।

जेन्जी अञ्जु राईले यो वर्षको भाईटिकालाई परम्परागत भन्दा पनि सम्पूर्ण जेन्जीहरु एक भएर एकताको सन्देश दिएर देशलाई नयाँ दिशामा लग्नु पर्ने धारणा राखिन् ।

घाइते भूपेन्द्र खड्काले आफू जेन्जी आन्दोलनका क्रममा दमक नगरपालिका अगाडी २७ वटा छर्रा लागेको र सो छर्राहरु बोकेर सरकारलाई खबरदारी गर्न काठमाडौं आएको बताए ।

अर्की जेन्जी दिया बोहोराले अन्तरिम सरकारले सुशासन र भ्रष्टाचार मुक्त देश बनाउने मुख्य उद्देश्यसहित संघर्ष गरेकाहरुलाई वेवास्ता गरेको भन्दै आक्रोश व्यक्त गरिन । बोहोराले परिवर्तनका लागि लडेका सम्पूर्ण जेन्जीहरु एक नभए देश पछाडि फर्कने निश्चित भएकोले त्यसतर्फ सतर्क बन्न आग्रह गरेकी छन् ।

शहीद परिवार कमल सुवेदीले विभिन्न वार्ता तथा छलफलहरु भइरहे पनि त्यहाँ घाइते र शहीद परिवारको सदस्यहरुको अनुहार नदेखिनु दुर्भाग्य भएको बताए । “वास्तविक जेन्जी र प्रभावित व्यक्तिहरुलाई किनारा लगाइएको छ, हामीहरु प्रधानमन्त्री तथा सरकारी प्रतिनिधीहरुलाई भेट्न त परै जाओस सिंहदरबारभित्र पनि प्रवेश गर्न पाइरहेका छैनौं”सुवेदीले भने ।

जेन्जी प्रकृति श्रेष्ठले ८२ साल भोलिको भाइटिकाको दिन सम्पूर्ण शहिदहरुको श्रद्धासुमन कार्यक्रम राखिएको र माइतीघरको शोकसभामा सबै उपस्थित भएर सरकारलाई खबरदारी गर्न अनुरोध गरिन् ।
जेन्जी प्रतिनिधी बरुण यादवले जेन–जी युनाईटेड परिवर्तनले शहिदहरुको सम्झनामा श्रद्धासुमनसहित ‘भाइटिका’ले सम्पूर्ण जेन्जीहरुलाई एक हुन सन्देश दिने विश्वास राखे ।
जेन्जी प्रदिप भट्टराईले सम्पूर्ण जेन्जीहरु एक ढिक्का भएर देश विकासमा लाग्नु पर्ने धारणा राखे ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal