काठमाडौँ । जेनजीहरूले आज पनि माइतीघरमा आफ्ना मागहरू पूरा गर्न शान्तिपूर्ण आन्दोलन जारी राखेका छन् । विभिन्न प्लेकार्डसहित जेनजी युवाहरुले सडकमा बसेर आफ्ना मागहरु राखिरहेका छन् । उनीहरूले सरकारले मागप्रति ध्यान नदिएको भन्दै निरन्तर दबाब सिर्जना गर्ने चेतावनी दिएका छन्।
राष्ट्र पहिला, अहंकार पछि, देश पहिला, स्वार्थ पछि, देशका घाउहरु, हाम्रो जिम्मेवारी, देश दुख्दा मौन नबसौं, सहिदहरुको रगत नबिर्स, जस्ता प्लेकार्डसहित जेनजी युवाहरु माइतीघरमा प्रदर्शन गरिरहेका छन् ।

युवा पुस्ताले देशमा सकारात्मक परिवर्तन ल्याउनका लागि शहीदको योगदानको स्मरण गर्दै दबाब सिर्जना गर्न दिनहुँ प्रदर्शन गरिरहेका छन् ।


अनलाइन डबली



