आज :

माइतीघरबाट जेनजी युवाहरु पक्राउ, तीनवटै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल

  • अनलाइन डबली

काठमाडौँ । माइतीघर मण्डलाबाट ‘जेनजी युनाइटेड परिवर्तन’ समूहका सदस्यहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गत भाद्र २३ र २४ गतेको ‘जेन्जी आन्दोलन’ मा मृत्यु भएका सहिदहरूको सम्झनामा फोटोसहितको ब्यानर प्रदर्शन गर्ने तयारी गरेका थिए ।

तर, प्रहरी प्रशासनले अनुमति बिना सार्वजनिक प्रदर्शन गर्न नपाइने भन्दै उनीहरूलाई रोक्दै नियन्त्रणमा लिएको हो । शुक्रबार पनि सोही समूहले प्रदर्शन गरेको थियो । भाईटिकाको दिन सहिदको फोटोमा माला लगाएर तिहार मनाएको सो समुहले सबै जेनजीबीच एकता हुनुपर्ने बताउँदै आएको छ ।

यसैबीच आजै प्रधानमन्त्री सुशीला कार्कीले चारवटै सुरक्षा निकायका प्रमुखसँग छलफल गरेकी छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री सुशीला कार्कीसँग गृहमन्त्री ओमप्रकाश अर्याल, गृहसचिव रामेश्वर दंगाल पनि सहभागी थिए ।

करिब दुई घण्टा चलेको बैठकमा सुरक्षा प्रमुखहरूले वर्तमान अवस्थाबारे आ–आफ्नो विश्लेषण प्रस्तुत गरेका थिए । बैठकमा सम्भावित सुरक्षा चुनौतीका विषयमा पनि छलफल भएको गृहमन्त्री अर्यालले संचारकर्मीलाई जानकारी दिएका छन् ।

राजनीतिक मुद्दाको सम्बोधनका लागि हामीले संवादको ढोका खुला राखेको बताउँदै अर्याललेसम्बद्ध पक्षहरूसँग हामी वार्ता गरी संवादबाटै समस्याको समाधान सरकारले चाहेको बताए ।

https://www.facebook.com/share/v/17CzaBC3bx/

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal