आज :

तीन सर्जकका निबन्ध विधाका तीन कृति लोकार्पण

  • अनलाइन डबली

भक्तपुर – वरिष्ठ संस्कृतिविद् तथा निवन्धकार तेजेश्वरबाबु ग्वंगःकृत ‘संस्कृतिका आयाम’ निबन्धसङ्ग्रह नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीकृत ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरु’ निबन्धसङ्ग्रह र जितेन्द्र रसिककृत ‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी) सहित ३ साहित्यिक कृति एकसाथ लोकर्पण गरिएको छ । भक्तपुरमा आयोजित लोर्कापण कार्यक्रममा पूर्वकुलपति वैरागी काइँला लगायतले कृति लोकर्पण गर्नु भएको हो । कृति लोकार्पण गर्नुहुँदै पूर्वकुलपति काइँलाले तीनै सर्जककाे कृतिले नेपाली वाङ्मय क्षेत्रमा महत्त्वपूर्ण याेगदान राख्ने बताउनु भयाे । ‘संस्कृतिका आयाम’ निबन्धसङ्ग्रहका लेखक तथा वरिष्ठ संस्कृतिविद् तथा निवन्धकार तेजेश्वरबाबु ग्वंगःले लेखन र जीवनकाे अर्थवाेध बारे प्रकाश पार्नु भयाे । बताउनु भयो त्यस्तै‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरु’ निबन्धसङ्ग्रहका लेखक तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेतीले अब आफु निरन्तर लेखनमा सक्रिय हुने र चाडै आफ्नाे जेल जीवनकाे संस्मरण तयार गर्ने बताउनु भयाे ।‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी) का लेखक जितेन्द्र रसिकले तेजेश्वरबाबु ग्वंगः अधिक चेतनाकाे खानी भएकाे र जीवनी कृति याे युगकाे एक दस्तावेज भएकाे बताउनु भयो । तीनैजना सर्जकको कृतिको समिक्षा क्रमस, तेजेश्वरबाबु ग्वंगःकृत ‘संस्कृतिका आयाम’ निबन्धसङ्ग्रह)को प्रा.डा. कुमार कोइराला, गंगाप्रसाद उप्रेतीकृत ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरु’ निबन्धसङ्ग्रहकोडा. गीता त्रिपाठी र जितेन्द्र रसिककृत ‘युगको तेज’ (वरिष्ठ संस्कृतिविद् तथा निबन्धकार तेजेश्वरबाबु ग्वंगःको जीवनी) को समिक्षक तथा साहित्यकार गोपीकृष्ण ढुंगाना र प्रा.डा. कुमार कोइराले गर्नु भयो । तीनै कृति माथि समिक्षकहरुले चर्चा गर्नु भयो । शमि साहित्य प्रतिष्ठानका अध्यक्ष प्रदीप नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका कार्यकारी प्रमुख डोलिन्द्रप्रसाद शर्माले नेपाली भाषा, साहित्य, कला, संस्कृति, सम्पदा क्षेत्रका कृति प्रकाशनका क्षेत्रमा यी तीनैवटा कृति प्रकाशन गरी पुनः शमी साहित्य प्रतिष्ठानका माध्यमबाट सक्रिय भएर नेपाली वाङ्मयमा योगदान दिन सक्रिय हुँदै अगाडि बढ्ने बताउनु भयो । प्रतिष्ठानले नियमित प्रदान गर्दै आएको ‘शमी साहित्य साधना सम्मान’ लगाएतका सम्मान तथा पुरस्कार पनि छिट्टै घोषणा हुने पनि शर्माले बताउनु भयो । ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरु’ गंगाप्रसाद उप्रेतीको १७ औं कृति हो । युगको तेज लेखक जितेन्द्र रसिकको १६ औं कृति हो । का तीनैवटा कृतिको मूल्य क्रमस ४९५/-, ३९५/- ५५०/- रूपैयाँ रहेको छ । संस्कृतिका आयामकाे आवरण तश्विर रामगाेपाल तमखु, र लेआउट रश्मि खागी र भाेला महर्जनकाे रहेकाे छ भने ‘भिन्न भिन्न ताल र सुरका झङ्कारहरू’ र ‘युगकाे तेज’ काे आवरण तथा लेआउट पनि भाेला महर्जनकै रहेकाे छ । कृतिहरु शमि साहित्य प्रतिष्ठानले प्रकाशन गरेका हुन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal