आज :

एनपीएल : पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

  • अनलाइन डबली

काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत पहिलो क्वालिफायरमा आज साविक उपाधि विजेता लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् ।

यो खेल बेलुकी ५ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शुरू हुनेछ । लुम्बिनी लिग चरणमा शीर्ष र सुदूरपश्चिम दोस्रो स्थानमा रहेर पहिलो क्वालिफायरमा पुगेका हुन् ।

सुदूरपश्चिमले लगातार तेस्रो पटक पहिलो क्वालिफायर खेल्न लागेको हो । सुदूरपश्चिम यसअघिका दुई वटै संस्करणमा उपविजेता बनेको थियो । लुम्बिनी गत संस्करणको विजेता हने।

आजको खेल जित्ने टोली सीधै फाइनलमा पुग्नेछ ।

पराजित हुने टोलीले फाइनल पुग्नका लागि दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्न पाउनेछ ।

इलिमिनेटरमा भोलि काठमाण्डौ गोर्खाज र चितवन राइनोज खेल्नेछन् । इलिमिनेटरमा हार्ने टोली बाहिरिनेछ ।

फाइनल खेल मंसिर ५ गते हुनेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal