आज :

अमेरिकामा ‘डर्टी बम’ हमला गर्ने इरानको योजना रहेको दाबी, को को छन् खतरामा ?

  • अनलाइन डबली

काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका उच्च अधिकारीलाई लक्षित गरी वासिङ्टन डीसीमा ‘डर्टी बम’ वा रासायनिक हतियार प्रयोग गर्ने रणनीति बनाइरहेको अमेरिकी गुप्तचर निकायको नयाँ सूचनाले देखाएको छ ।

सीएनएनले अमेरिकी अधिकारीहरूलाई उद्धृत गर्दै सार्वजनिक गरेको विवरणअनुसार इरानले सम्भावित आक्रमणका लागि लक्षित व्यक्ति र स्थान पहिचान गर्दै वैकल्पिक योजनाहरू तयार गरिरहेको छ । यद्यपि, तत्कालै आक्रमण हुने संकेत भने नरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।

गुप्तचर सूचनामा आक्रमणका सम्भावित स्थान र लक्ष्यसमेत विस्तृत रूपमा पहिचान गरिएको उल्लेख छ । यसले अमेरिकी अधिकारीहरूलाई सम्भावित जोखिम सामना गर्न पूर्वतयारी गर्न प्रेरित गरेको छ ।

सीएनएनसँग कुरा गर्दै एक अमेरिकी अधिकारीले आक्रमण कार्यान्वयन गर्न आवश्यक जनशक्ति इरानसँग अमेरिकाभित्रै उपलब्ध छ वा छैन भन्ने विषयमा अझै मतभेद रहेको बताएका छन् ।

अमेरिकी गुप्तचर निकायले अमेरिकाभित्र बम निर्माणमा प्रयोग हुने सामग्री लुकाइएको इरानी दाबीसम्बन्धी सूचना पनि अवरोध गरी प्राप्त गरेको स्रोतलाई उद्धृत गर्दै सीएनएनले जनाएको छ । यद्यपि, उक्त सूचनाको विश्वसनीयताबारे अमेरिकी अधिकारीहरूबीच एकमत छैन ।

तर इरानले आणविक वा रासायनिक पदार्थ अमेरिकाभित्रै लुकाएर राखेको हुन सक्ने र त्यसलाई परम्परागत विस्फोटक पदार्थसँग मिसाएर डर्टी बम बनाउन सकिने सम्भावनालाई अधिकारीहरूले अस्वीकार गरेका छैनन् ।

एक अधिकारीका अनुसार डर्टी बम लक्षित व्यक्तिलाई मात्र असर गर्ने हतियार नभई आतंक सिर्जना गर्ने माध्यम हो । यस्तो हतियारले मानिसलाई गम्भीर बिरामी बनाउन तथा निश्चित क्षेत्रलाई बस्न अयोग्य बनाउन सक्ने उनको भनाइ छ ।

यसैबीच, बढ्दो क्षेत्रीय तनावका बीच अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सोमबार बहराइनका विदेशमन्त्री अब्दुललतिफ बिन रसिद अल जायनीसँग कुराकानी गरेका छन् । अमेरिकी विदेश मन्त्रालयले जारी गरेको वक्तव्यमा रुबियोले बहराइनमाथि इरानले गरेका आक्रमणको निन्दा गर्दै बहराइन र खाडी क्षेत्रका साझेदार मुलुकहरूको सुरक्षाप्रति अमेरिकाको प्रतिबद्धता दोहो¥याएको उल्लेख छ ।

दुवै पक्षले अमेरिकाको प्रमुख गैरनेटो सहयोगी राष्ट्रको हैसियत प्राप्त बहराइनसँगको दीर्घकालीन रणनीतिक साझेदारी र व्यापक सुरक्षा एकीकरण तथा समृद्धि सम्झौता (सी–सिपा)प्रतिको प्रतिबद्धता पनि दोहो¥याएका छन् ।

यता, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले इरानसँग जारी द्वन्द्व लामो समयसम्म नलम्बिने बताएका छन् । सोमबार फक्स न्युजसँग कुरा गर्दै उनले अमेरिकाले मध्यपूर्वमा दीर्घकालीन सैन्य प्रतिबद्धता राख्ने योजना नरहेको स्पष्ट पारेका हुन् ।

इरानको आणविक कार्यक्रम अमेरिकाका लागि खतरा भएको उल्लेख गर्दै भान्सले अमेरिका १० वा १५ वर्ष मात्रै नभई दुई वर्षसम्म पनि यस द्वन्द्वमा अल्झिएर बस्न नचाहेको बताए । राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्वलाई अनुकूल परिणामसहित अन्त्य गर्ने विश्वास व्यक्त गर्दै उनले लामो समयसम्म युद्धमा संलग्न नहुने प्रशासनको नीति रहेको दोहो¥याएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal