काठमाडौं । चर्चित युवा साहित्यकार प्रेमकृष्ण श्रेष्ठले लेखेका कथा संग्रह ‘डेरामा बस्ने केटी’ अहिले निकै चर्चामा छ । उन्नाइस कथा समावेश भएको कथा संग्रहमा डेरामा बस्ने केटीलगायत अरु १८ कथा पनि पाठकले उतिकै रुचाएका छन् ।
कथा संग्रहलाई वरिष्ठ सम्पादक होम भटराईले सम्पादन गरेका हुन् भने साहित्यिक अध्यता शरद प्रधानले विशेष लेख लेखेका हुन् ।
पाठकहरुले औधि मन पराई यो पुस्तकको बारेमा सामाजिक सञ्जालमा लेख्न थालेपछि यो कृतिलाई नेपालको साहित्यिक प्रतिष्ठित पुरस्कारहरुको प्रमुख हकदार भनी चर्चा हुन् थालेको छ ।
चर्चित सामाजिक अभियन्ता अभिनव बज्रको पनि रोजाइको कृति भनी सुन्नमा आएको छ । उनले हालै सामाजिक सञ्जालमा ‘डेरामा बस्ने केटी संग्रह मलाई पनि एक प्रति चाहिएको, नपाइएको’ टिप्पणी गरे पछि उच्च मागमा अझ बृद्धि भएको खबर प्राप्त भएको छ ।


अनलाइन डबली




