आज :

आँसुलाई सिर्जनामा बदल्ने प्रयास, छोराको स्मृतिमा रोकायाका एकैपटक ११ पुस्तक प्रकाशित

  • अनलाइन डबली

काठमाडौँ । आँसु (पीडा)लाई सिर्जना(शक्ति)मा बदल्नका लागि आफुलाई क्रुर भएर असैह्य पीडालाई पनि दमन गर्नुपर्ने अवस्थाको उपज हो स्वर्गीय पुष्कर रोकायाको स्मृति विशेष (समर हुम्लीको पुस्तक संग्रह २०८०)। यो संग्रहमा हुम्लाको विविधतालाई झल्काउने एक दर्जनमा एक कम अर्थात ११ वटा पुस्तकहरु प्रकाशन भएका छन् ।

हाम्रो माइलो छोरा पुष्कर रोकायाको २०७८ साल साउन ९ गते शनिवारका दिनमा हृदयघात भएर असामयिक निधन भएको हो । उसको पीडाले मुटुको व्यथा दिएर गयो । आफुलाई बिरामी अवस्थामा सम्हाल्दै बिरामीका कठिन दिनहरूमा आफ्नो वर्षौको अक्षरको खेतीलाई पीडाबाट मुक्त हुने माध्यमको रुपमा स्वर्गीय पुष्कर रोकायाको स्मृति विशेषका रुपमा प्रकाशन गरिएको पुस्तकका लेखक तथा बाबु कर्णबहादुर रोकाया ‘समर’ हुम्लीको भनाई रहेको छ ।

छोराको स्मृतिमा प्रकाशित पुस्तक बिक्रीबाट आएको रकमलाई अक्षय कोषको रुपमा स्थापना गरी त्यसबाट आएको ब्याजले सिर्जनशील सामाजिक काममा प्रयोग गरिने भएको छ ।

रोकाया नेपाल पत्रकार महासंघका हुम्लाका संस्थापक सचिव हुन् भने जिल्ला शाखाका अध्यक्षका साथै क्रियाशील पत्रकार साहित्य क्षेत्रमा समर हुम्ली नामले परिचित छन् ।

वि.सं. २०६६ सालमा हुम्लाको उत्तरी क्षेत्र लिमीमा बारेमा स्थलगत रुपमा अध्ययन गरेर प्रकाशित गरिएको पुस्तक स्थाननामको शब्दार्थभित्र सिमकोट लिमी यात्रा प्रकाशन भएको छ । यसका साथै सम्भवतः कर्णालीको पहिलो दर्ता पत्रिका हिमाली मुस्कान (२०५६)मा पनि आवद्ध रहेका थिए ।

त्यसपछि हुम्लाबाट प्रकाशन हुने विभिन्न पत्रिकाहरू हाम्रो हिमाली मुस्कान, कचहरी दैनिक, ३६५ टुडे अर्ध साप्ताहिक, हुम्लीश्री मासिक लगायतका पत्रिकामा आवद्ध रहनुका साथै कचहरी मिडिया हाउसमार्फत हुम्लाको पहिलो अफसेट प्रेसका पनि सञ्चालक रहेका छन् ।

कचहरी डट कम र कनपत्र डट कमका पनि सञ्चालक हुन् । यसका साथै स्थानीयदेखि राष्ट्रियस्तरका विभिन्न पत्रपत्रिका र मिडियासँग आवद्ध रहँदै आएका छन् ।

स्वर्गीय छोराको दोस्रो वार्षिक स्मृतिमा स्मार्ट साइजमा ११ वटा पुस्तक प्रकाशन भएका छन् । जसमा जुनकिरीको उज्यालो (समाज अध्ययन), गणतन्त्रमा हुम्ला (राजनीति), हुम्लाका मुख्य अन्न (कृषि), हुम्लाका चाडपर्व (संस्कृति), हुम्लाको पाइतो (सामाजिक), नारा चंखेली (स्थाननाम), ॐ मरुत् (सामयिक), कोभिड १९मा हुम्ला (स्वास्थ्य), हिउँ लोकसुसेली (लोकसाहित्य), अङ्कमा हुम्ला (आर्थिक), स्थलगत लिमी (ग्रामीण खोज) रहेका छन् ।

स्वर्गीय पुष्कर रोकायाको दोस्रो वार्षिक स्मृतिमा प्रकाशित ११ वटा कितावको संग्रह हो । यसका बारेमा क्रमशः संक्षिप्त रुपमा तल उल्लेख गरिएको छ । यी पुस्तकहरूलाई हाल बजारमा चलेको पुस्तकको आधारलाई परिमार्जन गरेर स्मार्ट साइजमा प्रकाशन गरिएको छ । पुष्कर फाउण्डेसनको सहयोगार्थ कचहरी मिडिया हाउसबाट प्रकाशन भएको छ । पहिलो चरणमा तीन हजार थान पुस्तसक प्रकाशन गरिएको छ । यो संग्रहको मूल्य दुई हजार दुई सय रहेको छ ।

१. जुनकिरीको उज्यालो (समाज अध्ययन): यो पुस्तकमा हुम्ला वि.सं. २०४६पछि खुला रुपमा नेपाल (विशेष गरी काठमाडौं)सँग जोडिन पुग्यो । त्यसले गर्दा कतिपय नराम्रा कुराहरुले प्रवेश पाए पनि धेरै सकरात्मक परिवर्तन भएको छ । त्यसलाई लेखाजोखा गर्ने समाज अध्ययनको एक सानो प्रयास हो । यसमा ११ वटा खोजमूलक रचनाहरु रहेका छन् । समष्टिगत रुपमा बहुदलपछिको हुम्लालाई चिन्न र चिनाउनमा यो एक उल्लेख्य दस्तावेजको मान्न सकिन्छ । यो स्मार्ट साइजमा प्रकाशन भएको छ । यसको पृष्ठ संख्या एक सय रहेको छ ।

२. गणतन्त्रमा हुम्ला (राजनीति) : विशेष गरी नेपालको राजनीतिक आन्दोलनमा सशस्त्र संघर्षमा हुम्लाको सहभागीतामा पक्ष र प्रतिपक्षको अलवा बीचमा चेपुवामा पर्ने वर्गले द्वन्द्व न्यूनीकरण लागि गरेका र गरिएका प्रयासहरूको सानो तर हुम्लो राजनीतिक इतिहासलाई चिनाउने पहिलो लेख्य सामाग्री पनि हो । यसमा पाँच अध्याय रहेको छ भने करीब पाँच दर्जन आलेखहरू रहेका छन् । यसमा माओवादी सशस्त्र संघर्षदेखि संविधान सभासम्मको जानकारी समेटिएको छ ।

३. हुम्लाका मुख्य अन्न (कृषि) : हुम्ला आफैमा कृषि विविधताको सघन क्षेत्र हो । यसैले पनि यहाँ विभिन्न प्रकारका विशेषता बोकेको अन्नबालीहरूमा फापर, चिनु, उवा, कागुनो, मार्से, कोदो, जौ, आलु, गहुँँ र मार्सीधान सम्बन्धी ११ वटा आलेख रहेका छन् भने ऋणात्मक यात्रातिर हुम्लाको खाद्य वासलात गरी एक दर्जन आलेखहरू समेटिएको छन् । यो पुस्तकले हुम्लाको कृषि विविधताको बारेमा जानकारी दिने छ । यो पनि स्मार्ट साइजमा प्रकाशन भएको छ ।

४. हुम्लाका चाडपर्व (संस्कृति) : यो पुस्तकमा हुम्लाका महत्वपूर्ण चाडपर्वहरूका बारेमा उल्लेख गरिएको छ । यसमा आठ वटा आलेखहरू समावेश गरिएका छन् । यसमा साउने पूर्णिमा, चैतलो, श्रीपञ्चमी, दशैँतिहार, भुओऔंसी, चोख्या, माने जस्ता स्थानीय पर्वहरूको बारेमा उल्लेख गरिएको छ । यो पनि स्मार्ट साइजमा प्रकाशन भएको छ ।

५. हुम्लाको पाइतो (सामाजिक) : यो पुस्तक हुम्ला पुस्तक संग्रहको पाँचौ शृङ्खला हो । यसमा हुम्ला जिल्लाका विभिन्न स्थानहरू जसले स्थानीयस्तरमा सामाजिक, आर्थिक, सांस्कृतिक, जैविक, प्राकृतिक, पर्यकीय, शैक्षिक, सामरिक, प्रशासनिक तथा अन्य विभिन्न प्रकारका सम्पदाहरूको बारेमा जानकारी दिइएको छ । यसले हुम्लाको समष्टिगत रुपमा जानकारी दिनेछ । यसले हुम्लाको सामाजिक सन्दर्भलाई जानकारी दिने एक दर्जनभन्दा धेरै आलेखहरू समावेश गरिएका छन् ।

६. नारा चंखेली (स्थाननाम) : यो हुम्ला पुस्तक संग्रहको छेटौं शृङ्खला हो । यो पुस्तकले हुम्लामा विभिन्न समयमा विभिन्न प्रकारका महत्व बोकेका तर ओझेलमा परेका गाउँ ठाउँ वरपर छरिएर रहेका स्थानहरूको रैथानेज्ञानको बारेमा जानकारी दिने खोजमूलक कृति हो । यसमा पाँच दर्जन गाउँठाउँको जानकारी उल्लेख गरिएको छ ।

७. ॐ मरुत् (सामयिक) : हुम्ला र हुम्लीको बारेमा चिनाउने खोजमूलक कृति हो ॐ मरुत् । यसले हुम्लाको बारेमा प्रकाशमा नआएका विविध प्रकारका कुराहरूको जानकारी दिनेछ । यसमा आधा दर्जन आलेखहरू समावेश गरिएका छन् । यो पुस्तक हुम्ला पुस्तक संग्रहको सातौं शृङ्खला हो ।

८. कोभिड-१९ मा हुम्ला (स्वास्थ्य) : विश्वव्यापी रुपमा आएको महामारी र त्यसको रोकथाम तथा बचाऊका लागि गरिएको प्रयासको दस्तावेज हो कोभिड १९मा हुम्ला । यसमा चार दर्जनभन्दा धेरै सामाग्रीहरू समावेश गरिएका छन् । जुनसुकै काममा सामुहिक सहभागी नै उत्कृष्ट काम हो भन्ने स्वास्थ्य क्षेत्रको नमुना हो यो पुस्तक । यो पुस्तक हुम्ला पुस्तक संग्रहको आठौं शृङ्खला हो ।

९. हिउँ लोकसुसेली (लोकसाहित्य) : हुम्ला लोकसाहित्यको बृहद भण्डार हो । यसैले पनि यहाँको लोकसाहित्यको एक मुख्य र मौलिक विधा हो हिउँ । यहाँ हिउँसँग सम्बन्धी विशिष्टीकृत लोक भाकालाई संकलन गरेर खोजमूलक रुपमा तयार गरिएको दस्तावेज हो । यो हुम्ला पुस्तक संग्रहको नवौं शृङ्खला हो ।

१०. अङ्कमा हुम्ला (आर्थिक) : यो हुम्लाको बारेमा आर्थिक आँखाबाट विश्लेषण गरिएको समाचारहरूको संकलन हो । यसमा उल्लेख गरिएका जानकारीहरूले कुन आर्थिक वर्ष र कुन सन्दर्भमा हुम्लामा के कति बजेट उपलब्ध भयो । यसको उपयोग र प्रयोग के कसरी भएको छ सोको बारेमा जानकारी दिने आलेखहरूको संग्रह हो । यो हुम्ला पुस्तक संग्रहको दशौं शृङ्खला हो ।

११. स्थलगत लिमी (ग्रामीण खोज) : हुम्लाभित्रको पनि हुम्लाको रुपमा परिचय बनाएको नेपालको जैविक, सांस्कृतिक तथा प्राकृतिक रुपमा खुला विद्यालयको रुपमा परिचित लिमीको बारेमा स्थलगत रुपमा अध्ययन गरिएको जानकारीहरूको खोजमूलक संकलन हो स्थलगत लिमी पुस्तक । यो हुम्ला पुस्तक संग्रहको एघारौं कृति हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal