Skip
आज :

फर्पिङको पचली भैरव दरबारमा कोटघर शिलान्यास

  • पदम श्रेष्ठ

काठमाडौं ,फागुण ७ गते । फर्पिङको झम्केश्वरीस्थित ऐतिहासिक दरवारको भग्नावशेष क्षेत्रमा कोतघर पुर्ननिर्माणका लागि शिलान्यास भएको छ । फागुण ७ गतेको प्रजातन्त्र दिवसको अवसरपारी कोटघर परिषरमानै आयोजित एक समारोहका वीच बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री पुकार महर्जन ,मुख्य सचिव बैकुण्ठ अर्याल , दक्षिणकाली नगरपालिकाका मेयर मोहन बस्नेत , उपमेयर बसन्ती तामाङ डंगोल र दक्षिणकाली ६ का वडाध्यक्ष शैलेशमान मानन्धरले संयुक्त रुपमा शिलान्यास गर्नुभयो ।
प्रत्येक वर्ष घटस्थापनामा देशबासीका लागि सामुहिक जमरा राख्ने कोतघर किरातकालिन राजा पचली भैरवको दरवार मानिन्छ । लिच्छवीकालिन संरचना रहेको झम्केश्वरी दरवारपनि भनिने सो कोटघर लामोसमयदेखि भग्नावशेषको रुपमा रहेको थियो । जुन कोतघरलाई वडाध्यक्ष शैलेन्द्रमान मानन्धरको पहलमा परम्परागत नेवारी बास्तुकला युक्तहुनेगरी पुर्ननिर्माण हुन लागेको हो । पुर्णतः दचि अपा ,सुर्कि ,चुना र झिङगति छाने तीन तल्ले हुने गरी बन्ने कोतघर ५२ , ४९ फिट क्षेत्रफलको संरचनामा बन्न लागेको हो । दक्षिणकाली नगरपालिकाको ५० लाख अनुदान रहेको कोतघर निर्माणको कार्यदेश ४८लाख ५० हजार रुपियाँ रहेकोछ भने र जनश्रमदान ४ लाख ८५ हजार रुपियाँ रहेको सो कोतघर निर्माण पूर्ण हुन एक वर्षको समय लाग्ने जनाएको छ । कोत घर पुर्ननिर्माण लगतै परम्परागत जात्रा पर्व निकाल्ने ,जमरा राख्ने देखि फर्पिङ क्षेत्रका पुरातात्वीक सास्कृतिक सामग्रीहरु संकलन , संरक्षण गर्न संग्रहलयको रुपमा प्रवद्र्धन गर्ने बताईएको छ ।
फर्पिङ– दक्षिणकाली ,बज्रयोगिनी देखि
केशरक्याव गुफासम्म
काठमाडौं उपत्यकाका ऐतिहासिक सम्पदास्थलहरु मध्ये गोपाल तथा किरातकालिन सभ्यता बोकेको फर्पिङग र यसले समेटेको कला संस्कृतिपनि हो । काठमाडौंको कालिमाटीबाट १६ कि.मी. दक्षिण वज्रयोगिनी र दक्षिणकाली बीच नागको फणाझैं फैलिएको ऐतिहासिक नेवार बस्ती फर्पिङ किराती शब्द ‘फरपिङगु’बाट आएको बताईन्छ । चाँपको फुल फुलेको डाँडामा रहेकी देविलाई चम्पादेवी भनियो । जुन डाडाँको पादमा नागको फँरा झैं फैलिएको बस्ती फर्पिङग भनियो भने शिखी बुद्धले ध्यान बसेको ध्यानाच्वबाटै फैलिएको बस्तीलाई शिखरापुर भनिएको बताईन्छ ।
महायानी धर्मगुरु पद्म संम्भव , गुरु गोरखनाथ , बज्रयानी गुरु ओदियानाचार्य जस्ता अनेक तान्त्रिक ज्ञानी योगीहरुले ध्यानगरी सिद्धी प्राप्त गरेको पवित्रस्थल भएकोले फर्पिङग महायानी ,वज्रयानी र तन्त्रसाधकहरुको केन्द्रस्थल मानिन्छ ।
काठमाडौंबाट तराई पुग्ने सबैभन्दा छोटो ५६ कि.मी.फर्पिङ–हेटौंडा मार्ग समुद्र सतहबाट १५०० मिटर उचाइमा अवस्थित छ । एक आख्यानुसार , नेपाल संवत शुरुहुनुभन्दा एक सय ८३ वर्षअघि राजा भीमार्जुन देवले फर्पिङलाई कोटाल, कोछु (लाय्कु झम्केश्वरी दरबार क्षेत्र) टिपी , थल्कु, यल्खु , कोर्पु र थर्पु गरी सात टोलमा विभक्त गरिएको भनाई छ । त्यसैगरी फर्पिङ बस्तीको रक्षाका लागि तन्त्रसाधनागरी स्थापित अष्टमातृका पीठहरु
मा कटुवाल दह दनुवार गाउँमुनिको माहेश्वरी पिठ , यसियाकै दोस्रो विद्युत पावरहाउस चन्द्रनहर नेरको वाग्मती किनारामा ब्रम्हायणी, फर्पिङ बसपार्कमुनि कुमारी , दक्षिणकालीकी आमा भनिने डाडाँको चामुण्डा र नख्खु खोलाको नीलवाराही , हुड्को खोलाको इन्द्रायणी, शेषनारायणको बैष्णवी र डल्लु खोलामा महालक्ष्मी स्थापना गरीएका थिए । त्यसैले फर्पिङलाई महायानी , बज्रयानीगुरुद्धारा सिद्धी प्राप्ति गरेको पवित्र तिर्थस्थलको भुमि मान्दै ध्यान दर्शन गर्नेहरु पुग्ने गर्दछ याहाँ ।
हालै शिलान्यस सम्पन्न कोतघर संग्रहालयमा यी र यस्ता सम्पदा बारे जानकारी दिने पुरातात्वीक , सास्कृतिक र ऐतिहासिक सम्पदाहरुको संकलन राखिने समेत सो अवसरमा बताईएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal