आज :

बागमती प्रदेशका स्वास्थ्यमन्त्री जोशी राजिनामाको तयारीमा, ‘कोर टीम’ सँग छलफलमा जुटे

  • अनलाइन डबली

काठमाडौं । बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशी राजिनामा दिने मुडमा पुगेका छन् । मन्त्री जोशीले स्वार्थअनुसार काम नगरेपछि सचिव बद्रीबहादुर खड्कालाई सरुवा गरेका थिए । तर, अदालतले खड्काको सरुवा बदर गर्दै मन्त्रालयमा हाजिर हुन आदेश दिएको थियो ।

खड्का मन्त्रालयको सचिवमा पुनः बहाल भएपछि तनावमा रहेका मन्त्री जोशी राजिनामा दिने निष्कर्षमा पुगेका हुन् । स्रोतका अनुसार अहिले आफू निटकसँग राजिनामाबारे छलफलमा रहेका छन् । ‘अहिले मन्त्रीज्यू छलफलमा हुनुहुन्छ, हामीसँग सुझाव माग्नुभएको छ । उहाँ राजिनामा दिने मुडमा पुग्नुभएको छ । आफैले सरुवा गरेको सचिव बहालभएपछि नैतिकरुपमा उहाँ बस्नुहुन्न’ उनी निकट स्रोतले भन्यो ।

मन्त्रिपरिषद् बैठकमा सरुवाबारे छलफल हुँदा मन्त्री जोशीले खड्का पुनः मन्त्रालय फर्किए राजिनामा दिने वचन समेत दिएका थिए । मुख्यमन्त्री शालिकराम जमकट्टेल खड्कालाई सरुवा गर्न सहमत भएपनि दिपक तिवारीलाई निमित्त सचिव दिन तयार थिएनन् ।

एक मन्त्रीले भने-‘खड्कलाई जसरी पनि सरुवा गर्नेपर्ने स्वास्थ्यमन्त्रीजीले अडान राख्नुभयो, मुख्यमन्त्रीज्यूले निमित्त दिन हतार नगराैं भन्दा उहाँले मान्नुभएन । अदालतले खड्कालाई पुनःबहाली गर्दैन यदि गर्यो भने जोशीजीले म राजिनामा दिन्छु भन्नुभएको थियो ।’

त्यसपछि मुख्यमन्त्री जमकट्टेलले एक हप्तासम्म निमित्त कसैलाई नदिएर खड्का अदालत जानेनजाने र गएपछि अदालतको आदेश कुराैं भन्दा समेत जोशीले नमानेको ती मन्त्रीले दाबी गरे । उनका अनुसार मुख्यमन्त्री जमकट्टेलले यसअघि सचिव अदालतबाट पुनः बहाली भएपछि मन्त्रीले राजिनामा दिएको उदाहरण समेत दिएका थिए ।

मन्त्रिपरिषद् बैठकमै राजिनामा दिने वचन दिइसकेका जोशी यतिबेला नैतिक दवावमा छन् ।

सर्वोच्च अदालतको आदेशपछि खड्का शुक्रबार मन्त्रालय फर्किएका थिए । शुक्रबारदेखि शनिबार विहानसम्म मन्त्री जोशी आफू निकटहरुसँग छलफलमा जुटेका थिए । राजिनामा नदिउ मन्त्रिपरिषद् बैठकमै बोलिसकेको र दिउ भने मन्त्री पद गुम्ने ।

स्वार्थ पूरा नगरेकै कारण सचिवको सरुवा गरिएको भएकोले अब असहयोग हुने निष्कर्षसहित मन्त्री राजिनामा दिनेबारे छलफलमा जुटेको स्रोतको दाबी छ ।

नेपाली काँग्रेसका नेता समेत रहेका मन्त्री जोशीले मन्त्रालय समालेदेखि नै विवादित बन्दै आएका थिए । गैरकानूनी रुपमा स्वास्थ्य निर्देशक बनेका महेश्वर श्रेष्ठलाई काखी च्यापेदेखि नै मन्त्री जोशी झन् विवादमा तानिँदै आएका थिए ।

प्रदेशका प्रमुख सचिवले नै श्रेष्ठलाई बागमती प्रदेशले नचिन्ने बताउँदा समेत कर्मचारी नियुक्तीको सम्पूर्ण जिम्मेवारी उनलाई दिएका थिए ।

संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काज फिर्ताको पटकपटक निर्देशन दिँदा समेत जोशीले आफ्नो स्वार्थमा काम गर्ने कर्मचारीको काज फिर्ता गर्न आनाकानी गर्दै आएका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal