आज :

मटीहानीको जरलहवाका आगलागीलाई विशेष राहतको माग

  • अनलाइन डबली

जनकपुरधाम । विभिन्न राजनीतिक दलका नेताहरुले आगलागीबाट नष्ट भएको जरलहवाका पीडितलाई विशेष राहत उपलब्ध गराउन माग गरेका छन् । तराई–मधेश लोकतान्त्रिक पार्टी अध्यक्ष वृषेशचन्द्र लाल, नेपाली काँग्रेसको नेता रामसरोज यादव, तमलोपाको वरिष्ठ नेता डा. विजयकुमार सिंह, नेपाली काँग्रेसको नेता जीवनाथ ठाकुर, तमलोपाका रविशंकर सुभाष, उमेश मण्डल, बिभा ठाकुर, बिमला साह, बैध्यनाथ साहसहितको प्रतिनिधि मण्डलले मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवसँग भेटेर विशेष राहत सहयोगको माग गरेका हुन् ।

भेटमा प्रतिनिधि मण्डलले पीडित अहिलेसम्म खुला आकाशमुनी राहत बिताइरहेको बताउँदै एक द्वार प्रणालीको नाममा अरुलाई राहत वितरण गर्न अवरोध खडा गरिरहिएको खबरप्रति समेत बिरोध प्रकट गरेका थिए । प्रशासन, स्थानीय सरकार, प्रदेश र संघीय सरकार राजनीतिक क्रेडिटको निमित्त यस्तो गर्नु नहुने, राजनीतिक समर्थनको आधारमा सहयोग वितरण गर्न नहुने र जनताको पैसाबाट गरिने सरकारी सहयोगमा व्यक्ति वा नेताको हालीमुहाली चल्नु नहुने नेताहरुले माग गरेका थिए ।

बैशाख १२ गते सो टोलमा अगिलागी भई करीब १५० घर परिवार पूर्णतः नष्ट भएको थियो । प्रतिनिधि मण्डलले अहिलेसम्म सो टोलका बासिन्दाहरुको निमित्त बसोबासलगायत अन्य व्यवस्थामा प्रदेश सरकारले कुनै विशेष राहत सहयोगको घोषणा नगरेकोमा आक्रोस व्यक्त गरेका थिए ।

त्यसैगरी प्रतिनिधि मण्डलले पूरै मधेश प्रदेशमा भूमिगत जलको सतह सवाट्टै झरेर दैनिक उपयोग र पेयजलको आभाव भएको समस्याप्रति समेत मुख्यमन्त्रीको ध्यानाकर्षण गरायो । यस क्षेत्रमा तत्काल अग्रसरता र पेयजलको आपूर्ति गर्नुका साथै भूमिगत जलको रिचार्जिंगमा आइरहेको खठिनाई, चुरे भाँवरसंग सम्बन्धित वातावरणीय समस्या इत्यादिको बारेमा समेत ध्यानाकर्षण गराउँदै भूमिगत जलको रिचार्जिंगको निमित्त अल्पकालिनरदिर्घकालिन परियोजना संचालन गर्न आग्रह गरे ।

मधेश प्रदेशमा यस अवधिमा हत्या र दुर्घटनाका घटनाहरु दिनानुदिन बढ्दै गएकोमा चिन्ता प्रकट गर्दै प्रतिनिधि मण्डलले यसलाई त्तकाल नियन्त्रण गर्नु पर्ने भन्दै सुरक्षा क्षेत्रलाई यसप्रति सजग गराउन मुख्यमन्त्रीसँग अनुरोध गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal